Follow us: Youtube Android App
कार्यदलमार्फत नेपालीलाई शरणार्थी बनाउने प्रयास, असफल भएपछि प्रतिवेदन हत्याएर कीर्ते
२५ बैशाख २०८०

काठमाडौं । भीआईपी संलग्न गिरोहले नेपाली नागरिकलाई सरकारी कार्यदलमार्फत नै भुटानी शरणार्थी करार गराएर अमेरिका पठाउने प्रयास गरेको पाइएको छ ।

तर कार्यदललाई प्रयोग गर्ने प्रयास असफल भएपछि पन्थी कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन नै कीर्ते गरेको पाइएको छ । कतिसम्म भने प्रतिवेदनको निष्कर्ष खण्ड नै हेरफेर गर्नुका साथै दुई वटा अनुसूची थपिएको छ ।

सन् १९९० मा भुटानबाट लखेटिएर आएका १ लाख २० हजार जना भारत हुँदै नेपाल प्रवेश गरेर झापा र मोरङमा बसेका थिए । तेस्रो मुलुक पुनर्वासपछि विभिन्न कारणले बचेका ६ हजार ५७७ शरणार्थी अझै झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेस्थित शिविरमा छन् ।

तेस्रो मुलुकले पनि नलैजाने, भुटान फर्काउन पनि सम्भव नभएपछि बाँकी रहेकाको हकमा कसरी समाधान गर्ने भन्नेबारे तत्कालीन केपी ओली नेतृत्वको सरकारमा छलफल भएको थियो ...

समाचार स्रोत :