Follow us: Youtube Android App
अष्ट्रेलियाली सहायकमन्त्री वाट्स भ्रमणका तीन सन्देश
४ जेठ २०८०

काठमाडौँ — अष्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स दक्षिण एसियाका चार मुलुकको भ्रमणको दौरान मंगलबार र बुधबार नेपाल भ्रमण गरे । उनको दुईदिने भ्रमण दुई मुलुकबीचको सांस्कृतिक सम्पदा, आर्थिक क्षेत्रमा सहकार्य र राजनीतिक सम्बन्धमा केन्द्रित रह्यो ।

बंगलादेशबाट भुटान हुँदै मंगलबार काठमाडौं उत्रिएका सहायकमन्त्री वाट्स बुधबार साँझ नयाँ दिल्ली लागे । नेपाल र अष्ट्रेलियाबीच सन् १९६० फेब्रुअरी १५ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् १९८४ मा अष्ट्रेलियाले काठमाडौंमा दूतावास स्थापना गरेको थियो भने नेपालले क्यानबेरामा सन् २००७ मा दूतावास स्थापना गरेको हो । कूटनीतिक सम्बन्धको ६३ वर्षे यात्रामा नेपाल आएका सहायकमन्त्री वाट्सले आफ्नो भ्रमणको दौरानमा महत्वपूर्ण रुपमा तीन सन्देश प्रवाह गरेर फर्किए ।

नेपालको सांस्कृति सम्पदामा चासो

सहायकमन्त्री वाट्सको काठमाडौं बसाइको महत्त्वपूर्ण कार्यक्रमको रुपमा अष्ट्रेलियाद्वारा रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता रह्यो । अष्ट्रेलियाले १३ औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल पाटन संग्राहलयलाई मंगलबार फिर्ता गरेको हो । आर्ट ग्यालरी न्यू साउथ वेल्सका निर्देशक माईकल ब्रान्डले टुँडाल मन्दिरका मुख्य पूजारी हेरम्बराज राजोपाध्यायलाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा सहायकमन्त्री वाट्स पनि उपस्थित भए । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अष्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री वाट्सले आर्ट ग्यालरी न्यू साउथ वेल्सको प्रशंसा गरे ...

समाचार स्रोत :