Follow us: Youtube Android App
देशको माया कति लाग्छ सक्कली शरणार्थीलाई सोधौं
४ जेठ २०८०

झापा : झापाको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन्। कोही दर्ता भएर पनि छानबिन गर्नुपर्ने सूचीमा परेर तेस्रो देश पुनर्वास प्रकृयामा छुटेका हुन् भने कोही दर्ता नै नभएर यहीँ अडिए। अहिले नक्कली शरणार्थी बनाएर अमेरिकालगायतका देशका मुलुककै ठूला नेताले पठाएको प्रकरण सुनेपछि उनीहरू चकित छन्। भन्छन्,‘जो–जो नक्कली शरणार्थी बन्नुभयो, उहाँहरूलाई के कुराले पुगेन ?’

यहाँ रहेका सक्कली शरणार्थी विभिन्न कारणले समस्यामा छन्। न, काम पाउँछन्, न त उनीहरूको व्यवस्थापनमा कसैको साथ नै छ। शिविरमा बसोबास गर्नेहरूलाई शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त कार्यालय (यूनएनएससीआर) तथा अन्य दातृ निकायले दिने सेवा पनि बन्द गरिसकेको छ। विश्व खाद्य कार्यक्रमले रासन दिन छाडेको पनि ६ वर्ष बित्यो। अहिले उनीहरूको शिक्षा तथा स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारले लिएको छ। तर, पर्याप्त छैन।

दमक बेलडाँगी शिविरका सचिव टेकबहादुर राईले केही दिनदेखि नक्कली शरणार्थी प्रकरणका समाचार लगातार सञ्चारमाध्यममा आएको देख्दा र सुन्दा अचम्ममा परेको सुनाए। ‘यस्तो कुरा सुन्दा–पढ्दा हामीलाई दुःख लागेको छ। सत्यतथ्य के हो भन्ने कुरा उहाँहरूलाई नै थाहा होला। छानबिन भइरहेकै होला,’ सचिव राईले भने, ‘तर यति चाहिँ हो, जो–जो नक्कली शरणार्थी बन्नु भयो, उहाँहरूलाई त्यस्तो के पुगेन होला ?, आखिर उहाँहरूले पनि पैसा नै खर्च गरेका रहेछन् ...

समाचार स्रोत :