आर्जेन्टिनामा एप्रिल महिनाको आँकडामा वार्षिक मुद्रास्फीति दर १०९ प्रतिशत पुगेको थियो। त्यसको अर्थ सो ल्याटिन अमेरिकी देशमा दशौँ लाख मानिसहरू आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सक्दैनन् भन्ने हो। बीबीसीले केही त्यस्ता आर्जेन्टिनीहरूलाई भेटेको छ जो अवस्था अझ कतिसम्म खराब हुनसक्ला भनेर घोत्लिरहेका छन्।
यनिनाका लागि जीवनयापनका लागि बढ्दो महँगी नौलो कुरा होइन।
राजधानी ब्युनस एरिजस्थित काम गरिखाने मानिसहरूको बसोबास भएको छिमेकमा १० वर्षअघि उनले सानो किराना पसल खोल्दा वार्षिक मुद्रास्फीति २५ प्रतिशत नाघेको थियो।
त्यसयता महँगी दर बढिरहेको छ तर पनि यनिना सम्झिन्छिन् मानिसहरू जसोतसो किनमेल गरिरहेका थिए। "आवश्यक मात्र होइन अन्य सामग्री पनि किनिरहेका थिए ...