काठमाडौं । एप्पल आईफोन प्रयोगकर्ताको लागि आवाज कल्मी गर्न सक्ने अर्थात् कसैको आवाज हुबहु कपि गर्न सक्ने फिचर ‘पर्सनल भ्वाइस फिचर’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो फिचरले प्रयोगकर्ताको जस्तै आवाज निकाल्न सक्ने क्षमता राख्छ । कम्पनीका अनुसार आवाज गुमाउने समस्या भएका र लामो समयसम्म बोल्न नसक्ने प्रयोगकर्तालाई यो फिचर उपयोगी हुनेछ ।
विस्तारै आवाज गुमाउन लागेका बिरामीहरूलाई लक्षित गरि यो फिचर तयार गरिएको हो । विभिन्न रोगका कारण आवाज गुमाउने बिरामीहरू धेरै हुन्छन् । यस्ता बिरामीले यो फिचर प्रयोग गरेपछि आफ्नै आवाजमा मोबाइलमा विभिन्न काम गर्न सक्ने कम्पनीको भनाइ छ ।
प्रयोगकर्ताले आफ्नो आवाज रेकर्ड गरेको १५ मिनेटमा नै एआईले उक्त आवाजलाई कपि गर्नेछ र भविष्यमा भिडिओ कल अथवा फोनकल गर्नको लागि प्रयोगकर्ताले टाइप गरेको कुरालाई प्रयोगकर्ताकै आवाजमा पठाउनेछ ...