काठमाडौं। वैशाख २२ गते सुरक्षाकर्मीसमेत नलिइ भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह लखनउबाट विशेष विमानबाट दिल्ली पुगेको खुलेको छ। त्यहाँ उनले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग एक घण्टा छलफल गरेका थिए।
पूर्वराजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि एक घण्टा विशेष छलफल गरेको स्रोतले दाबी गरेको छ, तर त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
मोदीसँगको भेटका के विषयमा छलफल भयो भन्ने पनि खुल्न सकेको छैन, तर वर्तमान व्यवस्था विरुद्ध पूर्वराजाका पछिल्ला अभिव्यक्ति आक्रमक रहँदै आएका छन्।
पूर्वराजा शाह वैशाख २२ गते शुक्रबार स्थलमार्ग हुँदै निजी भ्रमणका लागि भन्दै भारतको लखनउ गएका थिए। लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राजाकै हैसियतमा पूर्वराजालाई स्वागत गरेका थिए ...