Follow us: Youtube Android App
प्रविधि क्षेत्रमा एकअर्कालाइ प्रतिबन्ध लगाउँदै चीन-अमेरिका, एआईमा कसको रहला अग्रता ?
१२ जेठ २०८०

काठमाडौं । चीन र अमेरिकाबीच अहिले प्रविधिलाई लिएर तनाव जारी छ । प्राविधिक सामग्रीमा प्रयोग हुने उच्च गुणस्तरका चिप्सदेखि सेमिकण्डकटर चीन निर्यातमा अमेरिका आफूले मात्रै प्रतिबन्ध लगाएको छैन, उसको सहयोगी राष्ट्रहरूलाई समेत चीनमा चिप्स तथा सेमिकण्डक्टर निर्यात नगर्न भनेको छ ।

यी दुई मुलुकले एकले अर्काका प्रविधिमा प्रयोग हुने सामग्रीदेखि एप्समा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाएपछि एप बनाउने बाइट डान्स कम्पनी अमेरिकी सरकारको निर्णयविरूद्ध अदालत गएको छ । टिकटकले अमेरिकी सुरक्षामा खतरामा पुर्याउने भएकाले प्रतिबन्धको विकल्प नरहेको अमेरिकाको भनाइ छ ।

यता, चीनले पनि मेमोरी कार्ड निर्माण गर्ने कम्पनी माइक्रोनलाई चीनमा प्रतिबन्ध लगाएको छ । चीनमा चिप्स पठाउन प्रतिबन्ध लगाएको अमेरिकालाई दबाब दिन उसले यो निर्णय लिएको प्रविधि जमातमा बहस भइरहेको छ । चीनमा धेरै निर्यात भएको माइक्रोनका सामग्रीले राष्ट्रिय सुरक्षामा असर पुर्याउने भन्दै उसले प्रतिबन्ध लगाएको हो ...

समाचार स्रोत :