सरकारले विश्व बैंकसँग साढे ४ अर्व ऋण लिएर युवाका लागि रोजगारी कार्यक्रम सुरु गर्ने भएको छ।
युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा यस वर्ष ११ अर्व ६० करोड २७ लाख रुपैयाँ खर्च गर्न लागिएको हो। यस वर्ष मात्रै परियोजनाबाट एक लाख जनाले रोजगारी पाउने श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सहसचिव सुमन घिमिरेले बताए । घिमिरेका अनुसार ती एक लाखमध्ये ६० हजार महिला हुनेछन्। उनीहरुले वर्षमा कम्तिमा एक सय दिनको रोजगारी पाउने छन् ...