२०७७ फागुन २ गते सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, इञ्जिनियर निर्मल पन्त, सब इञ्जिनियर प्रेमकुमार बराल, सवारी चालक मानसिंह पुन मगरलाई निलम्बन गरिएको छ ।
बाग्मती प्रदेश ०१-००२ झ ५३१८ नम्बरको गाडीमा रोल्पाबाट बुटवलतर्फ आउँदै गरेको अवस्थामा २०७७ माघ २९ गते रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्व–पश्चिम लोकमार्गको कोठी वनबाट उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।
अख्तियारबाट खटिएको टोलीले गाडी रोकेर छापा मार्दा स्रोत नखुलेको १ लाख ९० हजार रूपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरिएको थियो। अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ...