Follow us: Youtube Android App
दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त हुन सकेनन्, पुरानाको मनोमानी
१७ फागुन २०७७

पछिल्ला दुई दशकमा नेपालको अन्तर्राष्ट्रिय व्यापारको आकार झन्डै दश गुणाले बढिसकेको छ । मूल भन्सार नाका पनि झन्डै दोब्बरले बढेका छन् । तर, यो दुई दशकमा भन्सार जाँचपासमा संलग्न एजेन्टको संख्या भने एकजना पनि थपिएका छैनन् । ०५७ सालमा ५६ वटा एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति भएका छैनन् ।

अन्तिमपटक सरकारले ११ असोज ०५७ मा मल्ल आयात–निर्यात केन्द्रलाई भन्सार एजेन्टका रूपमा नियुक्ति गरेको थियो । करिब दुई दशकदेखि भन्सार एजेन्ट नियुक्ति नहुँदा अन्तर्राष्ट्रिय व्यापारमा समस्या देखिन थालेको छ । व्यवसायीले चाहेको समयमा भन्सार एजेन्ट नपाउने, समयमै मालवस्तु पास नहुने, एजेन्टले गुणस्तरीय काम नगर्ने, महँगो सेवाशुल्क लिने, तौलअनुसार शुल्क निर्धारण गर्ने तथा सिन्डिकेट गर्नेलगायतका समस्या देखिएको व्यवसायी तथा कर्मचारीहरू बताउँछन् ।

सरकारले हालसम्म ४ सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । तर, करिब दुईतिहाइ एजेन्ट निष्क्रिय छन् । चालू आर्थिक वर्षमा १ सय ६९ जना भन्सार एजेन्टले अनुमतिपत्र नवीकरण गरेका छन् । नाका र व्यापार बढेअनुसार भन्सार एजेन्ट नियुक्ति नहुँदा त्यसको प्रत्यक्ष असर भन्सार जाँचपासमा देखिने नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य तथा पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन् ...

समाचार स्रोत :