सरकारले निजी क्षेत्रले पनि कोभिड खोप भित्र्याउन सक्ने भने पनि तत्कालै उक्त व्यवस्था कार्यान्वयनमा आउने सम्भावना नदेखेको अधिकारीहरूले बताएका छन्।
सरकारले हालसम्म कुनै पनि निजी निकायलाई खोप ल्याउनका लागि अनुमति दिएको छैन।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरू कोभिड खोप लगाउनुपर्ने जनसङ्ख्याको ४० प्रतिशतलाई खोप दिइसकेपछि निजी क्षेत्रलाई पनि खोप ल्याउन बाटो खोल्न सकिने बताउँछन्।
अहिलेसम्म कुल जनसङ्ख्याको लगभग डेढ प्रतिशतले खोप लिइसकेको मन्त्रालय बताउँछ ...