Follow us: Youtube Android App
नेतृत्व तहमै छ नेपालको समस्या
२३ असार २०७९

आफ्नो घर नियालेर हेर्न घरबाहिर निस्कनुपर्छ। त्यस्तै आफ्नो देश राम्ररी हेर्न देशबाहिर निस्कनु पर्दोरहेछ। सात समुद्रपारिबाट देखिने नेपाल र देशबाहिर बसेका नेपालीले आफ्नो मातृभूमिबारे गरेका सामयिक टीकाटिप्पणी नौलो र निकै रोचक लाग्ने गर्छ। आमअमेरिकी देशभक्त नै हुन्छन्। ‘अमेरिका पहिलो’ भन्ने कुरामा उनीहरू जिम्मेवारीपूर्ण सचेतता पनि देखाउँछन्। त्यही देशभक्तिको आँखाले, नेपाल भन्ने देशलाई माउन्ट एभरेस्ट भएको, बुद्ध जन्मेको, सजिला जनता, जैविक विविधता र ऊर्वर जमिन, हिमालको काखमा प्रशस्त पानी भएको, अन्न–फलफूल–तरकारी जे पनि फल्ने, तानाशाही शासन नभएको मुलुक भएर पनि तिमीहरूको मुलुक किन सधैँ गरिब र अशक्त भएको? अब के पुगेन? भनेर सोध्नेहरूसँग पनि यहाँका रेस्टुरा वा पसलहरूमा बेलाबखत जम्काभेट हुने गर्छ।

रिपब्लिकन पार्टीका स्थानीय सदस्य एकजना अमेरिकीले त्यसैगरी मलाई सोधेको, नेपाललाई प्रगति र समृद्धिका लागि कुन कुराले भाँजो हालेको छ? भन्ने प्रश्नको चिन्तनलाई नै मैले यस आलेखको विषयवस्तु बनाएको छु।

नेपालले ‘लोकतान्त्रिक गणतन्त्र’ भनिएको पहिचान र संविधानसभाले बनाइदिएको संविधान पाएको पनि अब दशकौँ बितिसकेको छ। तर आज ‘गठबन्धन सरकार’ टिकाउन गरिएका खेलहरू जति सर्मनाक छन् त्योभन्दा पनि खतरनाक देखिएको छ। परिवर्तन बरदानका रूपमा आउला भनी आशा गर्ने जनता अभिशापका रूपमा पाएर निरास बनेका छन्। ‘नयाँ नेपाल बनाउने’ दाबीको प्रपोगन्डा मच्चाउँदै पृथ्वीनारायण शाहको सालिक भत्काउने सत्ता राजनीतिमा हावी भएकाहरू रक्सीले मातेर हृदयघात भई मृत्यु भएका छोराको सालिक स्थापना गर्न वा आफ्नी छोरीलाई सांसद उम्मेद्वार बनाउन केन्द्रित छन्। अब कुनै दिन उक्त सालिक बनाइएका छोराको मृत्यु भएको दिन नेपालमा राष्ट्रिय बिदा दिन बेर छैन ...

समाचार स्रोत :