काठमाडौं । सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो ।
बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनमा नगदरहित भुक्तानी प्रणाली लागू हुनेछ । मन्त्रालयले विकसित मुलुकमा जस्तै यात्रा गरेको दूरीअनुसार कार्डबाटै भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी गरिरहेको जनाएको छ ।
मन्त्रालयले कार्डरहित नगदप्रणालीका लागि उपकरण जडान तथा प्रणाली सञ्चालनका लागि सिलबन्दी प्रस्तावसमेत गरिसकेको छ ...