Follow us: Youtube Android App
जोखिम बढाउँदै ‘रिसाइकल’सिम
७ भदौ २०७९

काठमाडौँ । सात वर्षअघि इलामका विशाल दाहालले लिएको नेपाल टेलिकमको पोस्टपेड सिमकार्डको नम्बर एक वर्ष नेपालबाहिर रहँदा टेलिकमले अरूलाई नै बेचिदियो । त्यसैले गर्दा उहाँ अहिले तनावमा हुनुहुन्छ ।

सुरक्षाका लागि फेसबुक र इन्स्टाग्राम एकाउन्टमा सोही नम्बर राखिएकोमा त्यसैबाट बारम्बार लगइन प्रयास भइरहेको उहाँको गुनासो छ । दाहालका आफन्तलाई पनि त्यही नम्बरबाट अनावश्यक फोन गइरहेको छ । बैङ्क खातामा त्यही नम्बर राखिएकाले कारोबारपछिको एसएमएस पनि त्यसैमा गइरहेको छ । दाहालका यस्ता गोप्य विवरणमा अहिले अपरिचित व्यक्तिको स्वतः पहुँच बनेको छ ।

काठमाडौँका समीर सिंह कपालीले एनसेलको नम्बर राखेर खोलेको फेसबुकमा पछि आफँैले पहुँच पाउनुभएन । एक वर्षसम्म रिचार्ज नगरेपछि उक्त नम्बर अरूलाई नै बिक्री भएको उहाँले त्यतिबेला थाहा पाउनुभयो । आफ्नो पहिलेको फेसबुक प्रयोग गर्न वन टाइम पासवर्ड(ओटीपी)का लागि गरेको प्रयास असफल भएपछि मात्र उहाँले यो थाहा पाउनुभयो ...

समाचार स्रोत :