Follow us: Youtube Android App
नयाँ भन्दै पुराना ल्यापटप नेपालमा ल्याएर बेच्ने गरिएको खुलासा
१ कात्तिक २०७९

काठमाडौं । नेपालमा नयाँ भनेर पुराना ल्यापटप आयात गरेर बिक्री गर्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कतार र दुवईबाट आयात भएको चार वटा र्फमको शंकास्पद ल्यापटपमा गरेको परीक्षणमा यस्तो रहस्य बाहिरिएको हो ।

काठमाडौंका तीन र ललितपुरका एक फर्मले आयात गरेका एक हजार मध्ये करिब ५ सय वटा ल्यापटप पुराना र वारेन्टी सकिएपछि नयाँ भनेर आयात भएको पाइएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताए ।

यसरी आयात भएका सबै ल्यापटप ‘डेल’ कम्पनीको भएको उनको भनाइ छ । ‘गत भदौ तेस्रो साता शंकास्पद अवस्थामा आयात भएका ल्यापटपको प्राविधिक परिक्षण गर्दा आयात भएकामध्ये आधा ल्यापटपको वारेन्टी सकिएको पाइयो,’ प्रमुख भन्सार प्रशासक पोखरेलले भने, ‘यो त बजारले अनुभव नगरेको नयाँ प्रकारको ठगी हो । हामी थप अध्ययन गरिरहेका छौं ...

समाचार स्रोत :