Follow us: Youtube Android App
विपन्न र बिमितको उपचार गर्न १० अर्ब बजेट, तर ५ महिनादेखि भुक्तानी ठप्प
२२ पुष २०७९

काठमाडौँ — विपन्न नागरिकको उपचार खर्चको भुक्तानी रोकिँदा देशभरका बिरामी मर्कामा परेका छन् । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकका लागि ७ अर्ब ५० करोड र विपन्न नागरिक उपचार कोष शीर्षकमा २ अर्ब ४७ करोड परिचालन गर्ने जिम्मेवारी स्वास्थ्य बिमा बोर्डले पाएको छ । तर, जनशक्ति अभावमा बिल रुजु गर्न नभ्याएको भन्दै बोर्डले भुक्तानी रोक्दा अस्पतालले सेवा बन्द गर्न थालेका छन् ।


विपन्न नागरिकको उपचारका लागि सरकारले दिने रकम स्वास्थ्य विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले भुक्तानी गर्दै आएको थियो । गत वैशाखदेखि सरकारले त्यो रकम पनि स्वास्थ्य बिमा बोर्डमार्फत दिन सुरु गरेपछि नियमित भुक्तानीमा समस्या देखिएको हो । देशभरका अधिकांश स्वास्थ्य संस्थाले साउनदेखिको भुक्तानी पाएका छैनन् ।

बिमा बोर्डबाट भुक्तानी नपाएको भन्दै केही साताअघि नेपालगन्ज मेडिकल कलेजले डायलाइसिस सेवा बन्द नै गरेको थियो जहाँ मिर्गौलाका १ सय ५८ जना बिरामीले डायलाइसिस गराउँदै आएका थिए । मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ केयर प्रालिसँग सम्झौता गरी २०७७ भदौदेखि डायलाइसिस सेवा चलाउँदै आएको थियो । तर, सम्झौताअनुसार डेढ करोड रुपैयाँ नपाएको भन्दै उक्त कम्पनीले सेवा ठप्प पारेको हो ...

समाचार स्रोत :