Follow us: Youtube Android App
बूढीगण्डकी बनाउन उठ्यो १.५ खर्ब, न बन्यो आयोजना, न हिसाबकिताब
२४ पुष २०७९

काठमाडौं : बूढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् परियोजना बनाउने भनेर सरकारले पेट्रोलमा कर उठाउन थालेको ७९ महिना भयो। साढे ६ वर्षमा सरकारले १ खर्ब ५ अर्ब रुपैयाँ कर उठाइसकेको छ। तर, ४ खर्ब रुपैयाँभन्दा कम लागतमा ८ वर्षमा पूरा हुने भनिएको परियोजना सम्पन्न हुनु त परको कुरा निर्माणको जिम्मासमेत दिइएको छैन।

यतिका समय कर उठाउँदासमेत परियोजना निर्माण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्थापना गरेको ‘बूढीगण्डकी जलविद्युत् लिमिटेड’सँग एक रुपैयाँ पनि छैन। जुन प्रयोजनका लागि कर उठाइएको हो, त्यो ठाउँमा पुगेकै छैन।

नेपाल आयल निगमका अनुसार पेट्रोल र डिजल खरिद गर्ने ग्राहकले अहिले पनि प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर तिर्छन्। सरकारले सो कर भन्सार बिन्दुमै उठाउँछ। निगमले त्यसलाई लागत मान्दै १० रुपैयाँ थपेर खुद्रा मूल्य तय गर्छ। निगमका अनुसार हालसम्म सरकारले १ खर्ब ४ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ पूर्वाधार कर उठाएको छ ...

समाचार स्रोत :