Follow us: Youtube Android App
शंकास्पद ४५ करोड छानबिनमा डगमगाउँदै सम्पत्ति शुद्धीकरण
२७ पुष २०७९

काठमाडौं : जगदम्बा स्टिल्स प्रालिबाट व्यवसायी दीपक भट्टको व्यक्तिगत खातामा पुगेको करोडौं शंकास्पद नगदले छानबिन गर्ने निकायलाई नै हल्लाएको छ। एक वर्ष ६ महिना १५ दिन पहिला सुरु भएर विभिन्न पटक गरी ठूलो परिमाणमा एकतर्फी ट्रान्जेक्सन भएको यो प्रकरण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानबिनमा छ। तर, त्यसलाई सकेसम्म गुपचुप पार्ने दबाबमा जगदम्बा र भट्टका तर्फबाट राजनीतिक शक्तिकेन्द्रहरू लागिपरेका छन्।

अन्नपूर्ण पोस्ट्लाई प्राप्त स्टेटमेन्टअनुसार २०२१ जुन २७ मा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ट्रान्जेक्सन रेफर नम्बर ००१०डब्लूएनडी२११७६००१९ बाट भट्टको खातामा जगदम्बा स्टिल्स प्रालिबाट १५ करोड रुपैयाँ भुक्तानी भएको पाइएको छ। भोलिपल्ट जुन २८ मा ट्रान्जेक्सन रेफर नम्बर ००१०डब्लूएसडी २११७९०००३ बाट भट्टको सोही खातामा जम्मा गरिएको जगदम्बाको १४ करोड रुपैयाँ भने तुरुन्त फिर्ता भएको देखिन्छ। (सम्भवतः चेक बाउन्स भयो)।

पुनः जुन २९ तारिकमा ट्रान्जेक्सन रेफर नम्बर ००१०डब्लूएसडी२११८०००१८ बाट अर्को कारोबार भयो। अर्थात् जगदम्बा स्टिलको अघिल्लो दिन जम्मा हुन नसकेको १४ करोड रुपैयाँ त्यसदिन भट्टको खातामा दाखिला भएको पाइएको छ। त्यसको भोलिपल्ट जुन ३० मा जगदम्बाबाट भट्टको खातामा १६ करोड रुपैयाँको पुनः कारोबार भयो। नेपाल इन्भेस्टमेन्ट बैंककै ट्रान्जेक्सन रेफर नम्बर ००१०डब्लूएसडी२११८१००३५ थियो त्यसमा ...

समाचार स्रोत :