आर्थिक वर्ष २०७९/०८०लाई राष्ट्र बैंकले विद्युतीय भुक्तानी वर्षको रुपमा मनाइरहेको छ। तर, विद्युतीय कारोबारमा उल्लेख्य प्रगति देखिएको छैन।
चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैतसम्ममा ६५ करोड ९० लाख १७ हजार ६६२ पटकको विद्युतीय कारोबार हुँदा ३८३ खर्ब ४४ अर्ब ४५ करोड ९ लाखको कारोबार भएको छ।
गत वर्ष सोही अवधिमा ४७ करोड ६९ लाख ७१ हजार ६३७ पटकको विद्युतीय कारोबार हुँदा ४२५ खर्ब ५५ अर्ब २७ करोड ७ लाख रुपैयाँको कारोबार भएको थियो।
गत वर्षको तुलनामा विद्युतीय कारोबारको संख्या बढेको छ भने कारोबार रकम घटेको छ।
आर्थिक वर्षको चैतसम्ममा (९ महिनामा) कुल ६५ करोड ९० लाख १७ हजार ६६२ पटक विद्युतीय कारोबार भएकोमा गत वर्ष यसै अवधिमा ४७ करोड ६९ लाख ७१ हजार ६३७ पटक विद्युतीय कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ...