Follow us: Youtube Android App
सरकारको आशंका : ३१ लाख थान विद्युतीय चुरोट मात्रै आयो कि सुन पनि ?
११ जेठ २०८०

काठमाडौं । फागुन २०७९ को अन्तिम साता नेपालको भैरहवा भन्सार नाका आसपास हुँदै एक ट्रक विद्युतीय चुरोट (भेप) भारत छिरेको सूचना अर्थ मन्त्रालयमा पुग्यो । तातोपानी भन्सार कार्यालयबाट छुटेको भनिएको उक्त ट्रक काठमाडौं हुँदै भैरहवाबाट अवैध रुपमा भारत पसेको अस्पष्ट सूचनामा उल्लेख थियो ।

मन्त्रालयले यसअघि खासै नसुनेको यस्तो सूचनाबारे मातहतको भन्सार र नाकाका प्रहरीलाई मन्त्रालयले खोजबिनका लागि आग्रह गर्‍यो ।

मन्त्रालय स्रोतकाअनुसार ‘नेपालमा पछिल्लो समय विद्युतीय चुरोट अधिक मात्रामा भित्रिएकोसम्मको रिपोर्ट भन्सारबाट भयो,’ ती अधिकारीले भने, ‘तर, तातोपानी नाकाबाट भित्रिएको चुरोट भैरहवाबाट भारत पसेको भन्ने यकिन विवरण मातहतका निकाय र प्रहरीबाट पनि आएन ।’

पुष्टि नभएको सो सू्चनालाई मन्त्रालयले रेकर्डमा राख्दै विद्युतीय चुरोटको कारोबार नियाली रहेको बेला वैशाख अन्तिम साता त्रिभुवन विमानस्थलमा लिलामी प्रक्रियामा रहेकाे विद्युतीय चुरोटमा ठूलो परिमाणमा सुन भएको घटना सार्वजनिक भयो ...

समाचार स्रोत :