Follow us: Youtube Android App
बैशाखदेखि बैंकको ब्याजदर बढ्ने संकेत
१७ फागुन २०७७

बैंकहरुमा लगानीयोग्य रकम (तरलता) साँघुरिँदै गएको छ। माघ लागेदेखि नै संकलित निक्षेपभन्दा कर्जा प्रवाहको दर बढ्दै गएको छ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार माघ २ गतेदेखि फागुन १४ गतेसम्म आउँदा २७ वाणिज्य बैंकहरूमा ३० अर्ब रूपैयाँ निक्षेप थपिएको छ। जबकि यसै अवधिमा थप भएको कर्जा प्रवाह एक खर्ब २६ अर्ब रूपैयाँ छ। निक्षेपभन्दा कर्जा प्रवाह ४.२ गुणा धेरैले बढेको छ।

माघ २ गतेसम्म ३७ खर्ब ७९ अर्ब रूपैयाँ निक्षेप संकलन भएकामा फागुन १४ गतेसम्म ३८ खर्ब ९ अर्ब पुगेको छ। त्यस्तै माघ २ गतेसम्म ३२ खर्ब ३६ अर्ब रूपैयाँ कर्जा प्रवाह भएकोमा फागुन १४ गतेसम्म आउँदा ३३ खर्ब ६२ अर्ब पुगेको छ। हप्तैपिच्छे निक्षेपभन्दा कर्जा प्रवाहकाे दर बढी छ ...

समाचार स्रोत :