Follow us: Youtube Android App
२७ करोडको हिसाब छैन, नमस्ते सहकारी कारबाहीको दायरामा
२३ कात्तिक २०७९

बर्दिया — गुलरिया नगरपालिका—६ नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडबाट सेवाग्राहीको रकम हिनामिना भएको भन्दै लुम्बिनी सहकारी बोर्डले कारबाही प्रक्रिया अघि बढाएको छ । उक्त संस्थाका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक संजिव कुमार महतो करिब दूई सातादेखि सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन भएलगत्तै लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयले आवश्यक कागजात नियन्त्रणमा लिई छानबिन सुरु गरेको जनाएको छ । जस अनुसार सेवाग्राहीका २७ करोड रुपैयाँ जम्मा भएको देखिएको जनाएको छ ।

तीमध्ये कति रकम लगानी भएको छ यकिन तथ्यांक छैन । केही फर्जी धितो बिनाको रकम झिकेको प्रारम्भिक अध्ययनमा भेटिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । ३ करोड रकम विभिन्न शिर्षकमा कर्मचारीले झिकेको उनले जनाए ...

समाचार स्रोत :