Follow us: Youtube Android App
सीमाभन्दा धेरै लिइएको ऋण फिर्ता गर्न २ वर्ष म्याद
२१ पुष २०७९

काठमाडौँ — कार्यान्वयनमा आएको ४ महिनामै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । संशोधित मार्गदर्शनमा तोकिएको सीमाभन्दा बढी ऋण लिएका ऋणीलाई किस्ताबन्दी रुपमा चुक्ता गर्न २ वर्ष (०८२ असार) थप समय दिइएको छ ।

उद्योगी व्यवसायीको तीव्र विरोधपछि राष्ट्र बैंकले बुधबार मार्गदर्शन संशोधन गरेर म्यादलगायत विभिन्न व्यवस्था गरेको हो । यसअघि मार्गदर्शनमा तोकिएको सीमाभन्दा बढी ऋण लिएका ऋणीले आगामी असारभित्र सबै चुक्ता गरिसक्नु पर्ने भनिएको थियो ।

मार्गदर्शनअनुसार २ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालु पुँजी कर्जा लिँदा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउनेसम्म मात्र कर्जा पाइन्छ । २ करोड रुपैयाँभन्दा बढीको परिवर्तित चालु पुँजी कर्जामा वार्षिक कारोबार/बिक्रीको अधिकतम २५ प्रतिशतसम्म मात्र कर्जा पाउने व्यवस्था छ । उक्त सीमाभन्दा बढी चालु पुँजी कर्जा लिएका ऋणीले आगामी असारसम्म निर्धारित सीमाअनुसार कायम गर्न राष्ट्र बैंकले ताकेता गर्दै आएको थियो । यही कारण चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन हाललाई स्थगन गर्नुपर्ने माग गर्दै उद्योगी व्यवसायीहरु आन्दोलनमै उत्रिएका थिए ...

समाचार स्रोत :