Follow us: Youtube Android App
एकै जनालाई १३ लघुवित्तको ऋण
२९ माघ २०७९

डडेलधुरा, कपिलवस्तु‚ काठमाडौं — कैलालीको घोडाघोडी–१ की जुना सुनारसँग सम्पत्तिका नाममा डेढ कट्ठा जग्गा र सानो घर छ । उनलाई १३ वटा लघुवित्तले ३१ लाख ऋण दिएका छन् । लघुवित्त कम्पनीहरूले घेर्न थालेपछि उनीलगायत पीडित महिलाले संघर्ष समितिमा लिखित गुनासो पनि गरेका छन् ।

२० प्रतिशतसम्म सेवा शुल्क र २५ प्रतिशतसम्म ब्याज लिने लघुवित्तले ऋणीले के काममा लगानी गर्ने हो भन्ने वास्ता गर्दैनन्, उठाउने बेला भने चर्को दबाब दिन्छन् ।

जुनालाई निर्धन लघुवित्तले दुई लाख ५० हजार, किसानले ३ लाख, युनिक नेपालले दुई लाख, महिलाले दुई लाख ५० हजार, आशाले दुई लाख, स्वदेशीले पाँच लाख, एनआरएनले दुई लाख, गणपतिले एक लाख, फरवार्डले एक लाख, जनउत्थानले एक लाख, विजयले दुई लाख, कालिकाले तीन लाख र इन्फिनिटीले चार लाख ऋण दिएका छन् ...

समाचार स्रोत :