धरान : एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख म्यानेजर सिन्धुपाल्चोक घर भएका बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए।
एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए।
पक्राउ पर्नेमा बैंकका अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर धावा लामा, कनिष्ट सहायकहरू भोजपुरका मनोज घिमिरे, इटहरीका देवराज घिमिरे, रन्जित पण्डित र टेलर पवित्रा कटवाल रहेका छन्। त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुरका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राइले बताए ...