पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज बन्दै गएकोे छ। वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ प्रतिशत तल आइपुगेको छ। यसले पनि बैंकहरुको कर्जा लगानी क्षमता ५ प्रतिशत रहेको देखाउँछ।
बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो जति कम हुन्छ, त्यति नै बढी बैंकहरुसँग लगानीयोग्य रकम छ भन्ने बुझिन्छ।
आर्थिक वर्ष २०७९/०८० को सुरुमा ८९ प्रतिशत रहेको सीडी रेसियो सुधार हुँदै ८४.९२ प्रतिशतमा झरेको छ। सीडीमा आएको ५ प्रतिशतको सुधारले लगानी योग्य रकम बढ्दै गएको देखिन्छ।
२०८० जेठ १ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुमा ५४ अर्ब ८४ अर्ब रुपैयाँ निक्षेप रहकोमा ४८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपात रकमको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ ...