नेपालका लागि भारतमा बनेको रेल असोज ७ गतेभित्र जनकपुर आइपुग्ने निश्चित भएको छ । भारतको मद्रासस्थित इन्टीग्रल कोच फ्याक्ट्रीमा बनेको रेल अबको ७–१० दिनभित्र जनकपुरधाम आइपुग्ने निश्चित भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए ।
राम–जानकी विवाह पञ्चमीको तिथिबाट रेल सञ्चालनमा आउने भनेर रेल विभागका पदाधिकारीले आश्वासन दिए पनि रेल जनकपुर नआउँदा स्थानीय निराश भएका थिए ।‘अबको ७–१० दिनभित्र नेपाल सरकारले भारत सरकारसँग किनेको रेल जनकपुरधाम आइपुग्ने छ,’ महानिर्देशक मिश्रले लोकान्तरसँग भने, ‘भारतीय पक्षसँग सम्झौतामा हस्ताक्षर गर्ने जिम्मेवार एक व्यक्ति म आफैं भएकाले पनि विश्वास गर्नुपर्ने हुन्छ ...