Follow us: Youtube Android App
फास्ट ट्रयाकमा सेना सुस्त : ४ वर्षको म्यादमा १० महिना बाँकी, भौतिक प्रगति ११ प्रतिशत मात्र
२२ असोज २०७७

नेपाली सेनाले तीन वर्षअघि निर्माणको जिम्मा पाएको काठमाडौं–तराई फास्ट ट्रयाकको काम भने अत्यन्तै सुस्त भएको छ । ४ वर्षमा सम्पन्न गर्ने गरी सेनाले २७ साउन ०७४ मा फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको थियो ।


तर, तोकिएको अवधि १० महिना बाँकी हुँदा आयोजनाको प्रगति ११ प्रतिशत भएको छ । खर्च भने लागतको ८ प्रतिशत मात्रै छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले २१ वैशाख ०७४ मा फास्ट ट्रयाक आयोजना निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । सोहीअनुसार २७ साउन ०७४ मा फास्ट ट्रयाक निर्माणको जिम्मा सेनाले लियो । तर, निर्धारित समयमा काम भएको भए अन्तिम चरणमा पुग्ने आयोजनाको म्याद नै थप्ने प्रस्ताव सेनाले संसद्को विकास समितिमा पेस गरेको छ ...

समाचार स्रोत :