काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विद्युतीय सवारी साधन चार्जिङ स्टेसन निर्माणको सम्झौता गर्ने अन्तिम तयारीमा छ ।
एक वर्षअघि बोलपत्र आह्वान गरेको प्राधिकरणले अबको एक हप्तामा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउने भएको छ । करिब ६० करोड रुपैयाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डरको आह्वान भएको थियो ।
प्राधिकरणका विद्युतीय चार्जिङ स्टेसन परियोजना प्रबन्धक सागर ज्ञवालीले भने, “बोलपत्रको मूल्यांकन सकिएर सम्झौता गर्ने तयारी भएको छ, अब एक हप्तामा सम्झौता हुन्छ ...