Follow us: Youtube Android App
स्थानीयको ३५ प्रतिशत जग्गा लिएर उपत्यकामा तीन स्मार्ट सिटी
१८ फागुन २०७७

काठमाडौं । सरकारले करिब ३३६ अर्ब लगानीमा काठमाडौंमा बन्ने तीन वटा स्मार्ट शहरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को सारसंक्षेप सार्वजनिक गरेको छ ।

सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा शहरी विकास मन्त्रालयले काठमाडौंमा प्रस्तावित इशान, उत्तर (हरित) र आग्नेय शहरको प्राविधिक र कानूनी तयारीबारे जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार यी शहरहरु बन्न सम्बन्धित क्षेत्रका स्थानीयबासीले प्रतिकित्ता औसत ३६.९८ प्रतिशतसम्म योगदान गर्नुपर्छ । तीनवटै शहरको प्रतिकित्ता औसत योगदान ३४.९५ प्रतिशत छ । त्यसरी हुने योगदानबापत सरकारले विकसित घडेरी/प्लट दिने मन्त्रालयले बताएको छ ...

समाचार स्रोत :