Follow us: Youtube Android App
निर्माण सामग्री ओसारपसारमा क्रसर व्यवसायीकै अवरोध
३ माघ २०७९

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सोमबार दिउँसोबाट ठप्प छ । प्रतिदिन दुई सिफ्टमा काम हुँदै आएको सुरुङमा बालुवा ढुवानी हुन नसक्दा काम रोकिएको हो । धादिङको महादेवबेसीबाट बालुवा ल्याएर सुरुङमा क्रंक्रिटिङको काम गरिँदै थियो । तर क्रसर व्यवसायीले ढुवानीमा अवरोध गर्न थालेपछि काम ठप्प बनेको हो ।

सुरुङको ठेक्का जापानी निर्माण कम्पनी हाज्मा एन्डोले लिएको छ । उसले वैधानिक रूपमा दर्ता भएका क्रसर उद्योगबाट बालुवा ल्याउने गरेको भए पनि अन्य अवैध रूपमा सञ्चालित क्रसर उद्योगले ढुवानी गर्न नदिएपछि काम रोकिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जनाए । सुरुङ खन्ने क्रममा निस्किएका ढुंगा फुटाएर गिट्टी बनाउने गरिएको छ । ‘वैध क्रसर उद्योगबाट बालुवा ल्याए पनि सारा क्रसर बन्द हुँदा यो मात्र चल्ने, हामीले चलाउन नपाइने भन्दै अन्य व्यवसायीकै दबाबमा बन्द भयो,’ महानिर्देशक थापाले भने, ‘स्थानीय प्रशासनले सुरक्षा दिन नसकेपछि ल्याउन बालुवा सकिएन ।’ क्रसरमा प्रहरी राखे पनि निर्माणस्थलसम्मै ल्याउन सुरक्षा चाहिन्छ । क्रसर व्यवसायीले तोडफोड गर्न सक्ने डरले ट्रिपर चालकले बालुवा बोक्न मानेका छैनन् ।

गत पुस २० मा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अवैध क्रसर बन्द गराउन भनेको छ । देशभर १ हजार २ सय १ क्रसर सञ्चालनमा छन् । यसमध्ये ७ सयभन्दा बढी अवैध क्रसर प्रशासनले बन्द गराएको हो । ८६ वटा क्रसर उद्योग विभिन्न आयोजनाका नाममा देखाइएको छ । सुरुङ क्षेत्रमा सडक बनाउनेलगायत काम मात्र भइरहेको छ ...

समाचार स्रोत :