Follow us: Youtube Android App
सुक्खायाम लम्बिँदा विद्युत् आपूर्तिमा असन्तुलन
१९ माघ २०७९

सुक्खायाम लम्बिएसँगै यस वर्ष विद्युत् उत्पादन, आयात र आपूर्तिमा असन्तुलन पैदा भएको छ । क्षमताअनुसार विद्युत् उत्पादन हुन नसक्दा औद्योगिक क्षेत्रमा विद्युत् कटौती सुरु भएको छ । भारतबाट पर्याप्त विद्युत् नआउँदा तथा स्वदेशी उत्पादनमा गत वर्षको तुलनामा करिब २ सय मेगावाटले कमी आएपछि उद्योगहरूमा बिजुली कटौती सुरु भएको हो ।

विद्युत् उत्पादन र वितरणमा भारी अन्तरका कारण वीरगन्ज र भैरहवामा रहेका औद्योगिक क्षेत्रमा बिजुली कटौती भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल सामान्य अवस्थामा करिब ८ सय मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको छ । माग भने १२ सय मेगावाटसम्म हुन्छ । पिक आवरमा विद्युत्को माग बढेर करिब १७ सय मेगावाटसम्म पुग्ने गरेको छ ।

यस वर्ष हिउँदमा छिटपुट वर्षा नहुँदा बिजुली उत्पादन घटेर करिब ८ सय मेगावाटमा झरेको छ । गत हिउँदको तुलनामा यो २ सय मेगावाट कम हो । गत वर्ष सुक्खायाममा पनि वर्षा र हिमपात हुने गरेको थियो । यस वर्ष भने माघको अन्तिम हाराहारी आइपुग्दा पनि वर्षा तथा हिमपात नहुँदा यसले देशभरका जलविद्युत् क्षेत्रलाई असर गरेको छ ...

समाचार स्रोत :