Follow us: Youtube Android App
सहरी विकासमा बेथिति : एउटै महाशाखामा दुई प्रमुख
२७ फागुन २०७९

काठमाडौँ — सहरी विकासमा मन्त्री नै पिच्छे राजनीतिक हस्तक्षेप हुँदा बेथिति झाँगिँदै गएको छ । मन्त्रालयको सहरी विकास महाशाखामा तीन महिनादेखि एउटै पदमा दुई जना प्रमुख छन् । मन्त्रालयका सहसचिव रामचन्द्र दंगाललाई महाशाखा प्रमुखमा मंसिर आन्तिम साता सरुवा गरिएको थियो । उनी दैनिक हाजिर गर्छन् तर मन्त्रालयले कामको जिम्मेवारी दिएको छैन । उनको हातमा महाशाखा प्रमुखको जिम्मेवारी दिएको पत्र पनि छ, बस्ने कोठा र कुर्सी उपलब्ध छैन ।

गत साउनदेखि नै उक्त महाशाखाको प्रमुखमा पदम मैनाली कार्यरत छन् । मैनालीलाई दंगालसँगै राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्रमा सरुवा गरिएको थियो । भर्खर स्थापना भएको केन्द्रमा कार्यालय व्यवस्थित गरिएको छैन ।

अहिले केन्द्रको महाशाखा उपसचिवले सञ्चालन गर्दै आएका छन् । स्रोतका अनुसार मन्त्रीले सिनियर सहसचिवलाई पन्छाउने र जुनियरलाई महत्त्वपूर्ण स्थान दिने परिपाटी बसालेकाले समस्या आएको हो । मैनाली केन्द्रको महाशाखामा गएका छैनन् । ‘मलाई सरुवा गरे पनि मन्त्रालयले रमाना दिएको छैन,’ मैनालीले भने, ‘प्रक्रियामा समय लागेको होला, कति समय लगाउने त्यो मन्त्रालयको कुरा हो ...

समाचार स्रोत :