Follow us: Youtube Android App
गोदाममै थन्कियो हाते कागज
२९ फागुन २०७९

काभ्रे — सिन्धुली घर भई बनेपा नगरपालिका–१० स्थित रेशममार्गमा नेपाली हाते कागजको व्यवसाय गर्दै आएका हरिकुमार मगर हिजोआज फुर्सदिला देखिन्छन् । उनका कामदारलाई पनि चटारो छैन । प्रतिदिन ८/१० कामदारलाई काम गरेर भ्याइनभ्याई हुने उनको उद्योगमा हिजोआज ३/४ जना पनि विरलै भेटिन्छन् । कारण, केही वर्षयता नेपाली हाते कागजको व्यापार राम्रो छैन ।

पत्रिकामा समाचार पढेर व्यवसाय सुरु गर्ने सोचले १२ वर्षअघि कञ्चन नेपाली कागज उद्योग नाम दिई हरिकुमारले नेपाली कागजको उद्यम अघि बढाए । पत्रिका पढेको समाचारजस्तै सुरुवाती समयमा व्यवसाय निकै राम्रो भएको उनले बताए । उनका अनुसार त्यो समयमा व्यवसाय निकै राम्रो थियो, कागज बनाएरै भ्याइनभ्याई हुन्थ्यो । उनको उद्योगबाट सरकारी कागजातका प्रयोग हुने कागज र धुप बनाउन प्रयोग हुने कागज गरी दुई किसिमका कागज उत्पादन हुन्छन् ।

‘त्यो समयमा दुवै किसिमको कागजको माग बढी हुन्थ्यो,’ उनले भने, ‘काम गरेर र सामान दिएरै भ्याइँदैनथ्यो ।’ पहिले दिनमै ३० कोरी कागज उत्पादन हुनेमा अहिले मुस्किलले ७/८ कोरी मात्रै हुने उनले बताए । कोरोनापछि व्यापार राम्रो नभएकाले उत्पादन पनि कम गरिएको उनले जानकारी दिए । कोरोनाका कारण भएको लकडाउनले देशभरका व्यापार व्यवसाय ठप्प भएसँगै नेपाली हाते कागजको व्यवसाय पनि ठप्प भयो । कोरोनापछि अरू व्यवसाय बिस्तारै तंग्रिँदै गए पनि यो व्यवसाय माथि उठ्न नसकेको उनले गुनासो गरे ...

समाचार स्रोत :