[ May 31, 2023 ] निर्जला एकादशी: घर घरमा तुलसीको दल राखिँदै
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।…
[ May 25, 2023 ] रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ।भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन…
[ Apr 22, 2023 ] आज इदुलफित्र मनाइँदै
काठमाडौं : ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै छ । यो पर्वका लागि मुसलमानहरुले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३:२०…
[ Apr 20, 2023 ] यस्ता छन् मातातीर्थका रोचक किंवदन्ती
काठमाडौं । आज आमाको मुख हेर्ने दिन, जन्मदाता आमालाई सम्मान व्यक्त गर्दै यो पर्व मनाइँदैछ । वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वलाई आमा खुवाउने औंसी, मातातीर्थ औंसी वा मातृ दिवस पनि भनिन्छ । यस दिन काठमाडौंको चन्द्रागिरि…
[ Mar 14, 2023 ] दलितलाई महायज्ञ प्रवेशमा रोक, न्याय माग्दै सडकमा
वीरगन्ज : वीरगन्ज महानगरपालिका- १७ अलौंमा झण्डै दुइ दशकपछि हुन लागेको शतचण्डी महायज्ञमा प्रवेश गर्न नदिने भएपछि दलितहरु आन्दोलित भएका छन्। अलौंमा २२ वर्ष पछि आगामी चैत ८ गते देखि शतचण्डी हुने महायज्ञ दलितलाई प्रवेश गर्न नदिने भएपछि उनीहरु आन्दोलित भएका हुन्।
[ Mar 06, 2023 ] पहाडी जिल्लामा आज होली मनाइँदै, सभ्य बन्दै पर्व
काठमाडौं : वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ। केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ। फागुन शुक्ल पूर्णिमाका दिन…
[ Mar 01, 2023 ] जानकी मन्दिर सौन्दर्यीकरणको बजेट दुरुपयोग
जनकपुरधाम : जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल चलिरहेको छ। तर, २०७५/७६ मा मधेस प्रदेश सरकारले छुट्याएको २० करोड बजेटबाट उक्त पहलमा ठेस पुग्ने गरी काम भइरहेको छ। ७ करोड बजेटबाट सौन्दर्यीकरणका नाममा बिच्छ्याइएका मार्बल ठाउँ–ठाउँमा फुटेर सौन्दर्य नै बिग्रिएको छ। १२ करोड बजेटबाट विद्युतीकरणका नाममा मन्दिरको…
[ Jan 06, 2023 ] स्वस्थानी व्रत र माधवनारायण मेला सुरू
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ ।…
[ Nov 04, 2022 ] आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरी मनाइँदै
काठमाडौं : हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र…
[ Oct 31, 2022 ] उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन
जनकपुरधाम : उदाउँदो सूर्यलाई अर्घ्य दिएर आजबाट छठ पर्व बिधिवत सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध सहितको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ…
[ Oct 30, 2022 ] सूर्यदेवको आराधना गरी मनाइँदै छठ
काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार…
[ Oct 30, 2022 ] राष्ट्रपति भण्डारीद्वारा छठपर्वको शुभकामना व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश व्यक्त गर्नुभएको हो । ‘प्रकृतिको पूजा गरिने यस…
[ Oct 26, 2022 ] आज नेपाल संवत् ११४३ र म्हः (आत्म) पूजा मनाइँदै
काठमाडौं : नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण…