Follow us: Youtube Android App
कृषि-पर्यटन

[ May 31, 2023 ] कालोसूचीमा परेका कम्पनीले ल्याए मल

काठमाडौं । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् । आफैले कारबाही गरेर कालोसूचीमा राखेका कम्पनीले मल ल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेड मल नबुझ्ने अडानमा छ ।

[ May 27, 2023 ] प्रांगारिकले हट्यो रासायनिक मलको चिन्ता

चितवन : चितवनका एक कृषकले बालिका लागि प्रांगारिक मल बनाएर खेती गर्दै आएका छन्। घरमै प्राकृतिक मल बनाएपछि उनलाई रासायनिक मलको चिन्ता पनि रहेन अनि लागत पनि कम भए पुग्यो। शुक्रनगरका कृषक छविलाल न्यौपानेलाई अहिले ढुक्क छ। उनलाई…

[ May 26, 2023 ] कृषि–पशु बिमा सेवा बन्द, मर्कामा किसान

काठमाडौं : मुलुकभर निर्जीवन बिमा कम्पनीहरूले कृषि तथा पशु बिमा सेवा बन्द गरेका छन्। सेवा ठप्प हुँदा किसानहरू बिमा गर्न र दाबी भुक्तानी पाउनबाट वञ्चित भएका छन्। बिमा कम्पनीहरू भने बाँकी अनुदान प्राप्त नभएसम्म सेवा ठप्प गर्ने अडानमा छन्।

[ May 22, 2023 ] ‘पाँच रुपियाँमा बन्दागोभी बेच्न मनले मानेन’

दाङ । दाङको घोराही उपमहानगरपालिका –१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाउनुभएको बन्दागोभी बिक्री नहुँदा मारमा पर्नुभएको छ। तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आउनुभएका उहाँको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री हुन सकेको छैन।

[ May 21, 2023 ] दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक सगरमाथाको शिखरमा, नयाँ विश्व कीर्तिमान

घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समूहका जनसम्पर्क सदस्यले जानकारी दिएका छन्। यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्।…

[ May 21, 2023 ] भारतीय दूधलाई काखा, स्वदेशीलाई पाखा !

काठमाडौँ — पुस्तौंदेखि कृषि पेसा गरिरहेका मोलुङ गाउँपालिका–४, ओखलढुंगाका किसान रामप्रसाद खतिवडाले भैंसीपालनबाट दिनको ८ लिटर दूध संकलन गर्छन् । ५ जनाको परिवार रहेका उनलाई यतिका दूध सधैं बढी हुन्छ । बढी भएको दूधबाट घिउ बनाउँछन् । नजिकै दूध संकलन केन्द्र नहुँदा उनलाई दूध बेच्ने सुविधा छैन ।…

[ May 17, 2023 ] रासायनिक मल अनुदानमा दोब्बर बजेट, अरु कार्यक्रममा कटौती

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलमा दिएको अनुदानबाहेक सबै शीर्षकमा बजेट कटौती गरेको छ । मन्त्रालयको योजना महाशाखाले अर्थ मन्त्रालयमा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा रासायनिक मलमा दिने अनुदानबाहेक सबैजसो शीर्षकमा अघिल्लो वर्षभन्दा…

[ Apr 30, 2023 ] लिलामीमा १ केजी अर्थोडक्स चिया १० हजार रुपैयाँमा बिक्यो

कन्याम, इलाम — नेपालमा पहिलो पटक लिलामीमार्फत चिया बिक्री भएको छ । शनिबार इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री भएको छ । एकजना अमेरिकीले प्रतिकेजी १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन् ।

[ Apr 29, 2023 ] ‘मेरो कृषि मेरो पौरख’ नारामै सीमित, २७ करोड अनुदान कसरी बाँडियो ?

विराटनगर । कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारका हरेक नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रमा आधुनिकीकरणका लागि विभिन्न नारा र लोकप्रिय कार्यक्रम राखिएका छन् । तर, कार्यान्वयन भने भएको छैन । कोशी…

[ Apr 29, 2023 ] अर्थतन्त्र उकास्न सहयोग गर्छौं : अमेरिकी राजदूत थम्पसन

पोखरा — नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले पोखरा र गण्डकी प्रदेशको अर्थतन्त्र उकास्न सहयोग गर्ने बताएका छन् । गण्डकी प्रदेश भ्रमणका क्रममा शुक्रबार पोखरामा पत्रकारसँगको अन्तरक्रियामा उनले कोभिड महामारीपछि थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न सम्भावनाको खोजी गर्ने बताए । …

[ Apr 27, 2023 ] सगरमाथा आरोहणमा सर्वाधिक अनुमति

सोलुखुम्बु — सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस सिजनमा सर्वाधिक आरोहीलाई अनुमति प्रदान गरिएको छ । अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि बुधबार अपराह्नसम्म ४ सय ६३ जनाले अनुमति लिइसकेका छन् । ‘सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षे इतिहासमै यो सबैभन्दा ठूलो संख्या हो,’ पर्यटन विभागका निर्देशक…

[ Apr 22, 2023 ] प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा ६ वर्षमा २६ अर्ब ३५ करोड खर्च

काठमाडौँ — सरकारले ६ वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा सवा २६ अर्ब खर्च गरे पनि उत्पादन प्रगति सुस्त देखिएको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न ०७३/७४ देखि सञ्चालनमा ल्याइएको परियोजनामा हालसम्म २६ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ खर्च भइसकेको छ । तर धान, चामल,…

[ Apr 21, 2023 ] सरकारी गोदाममा मल, किसानलाई व्यापारीकै भर

काठमाडौँ — रासायनिक मलको वितरण प्रणाली नमिल्दा सरकारी गोदाममा मल देखिए पनि किसान व्यवसायीकै भरमा छन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग करिब ६५ हजार टन रासायनिक मल मौज्दात छ । किसानले भने सरकारी अनुदानभन्दा व्यापारीबाटै चर्को मूल्यमा किनेर गुजारा चलाइरहनुपरेको छ ।