Follow us: Youtube Android App
कृषि-पर्यटन

[ Oct 12, 2020 ] लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो। अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र…

[ Oct 11, 2020 ] एक हप्तापछि विदेशी पर्यटक नेपाल आउन पाउने, क्‍वारेन्टाइनमा पनि बस्‍नु नपर्ने

काठमाडौँ : नेपाल सरकारले आगामी अक्टोबर १७ अर्थात् अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संक्रमणको नेगेभिट रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई प्रवेश गर्न दिने भएको हो ।…

[ Oct 07, 2020 ] कृषि मन्त्रालयले देशभरका किसानको गणना गर्ने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरुको गणना गर्ने भएको छ । यो गणना ७५३ वटै स्थानीय तहमार्फत गरिने छ । कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए/नपाएको अवस्थाबारे विवरण संकलन गरिने कृषिमन्त्री…

[ Oct 07, 2020 ] मनास्लु आरोहणका लागि बहराइनका राजकुमार बेसक्याम्पतर्फ

गोरखा — मनास्लु हिमाल आरोहणका लागि आएका बहराइनमा राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोली बुधबार आधारशिविर (बेसक्याम्प) तर्फ लागेको छ । राजकुमारसहितको टोली मंगलबार हेलिकप्टरमार्फत चुमनुब्री गाउँपालिका–१ सामागाउँ पुगेको थियो । ८,१६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लागि आएको राजकुमारसहितको…

[ Oct 03, 2020 ] बहराइनका राजकुमारसहितको टोलीले चढ्यो लोबुचे हिमाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५०…

[ Sep 23, 2020 ] बहराइनका राजकुमार लुक्ला जाँदै

काठमाडौं : पर्वतारोहणका लागि नेपालमा रहेको बहराइनका राजकुमारसहित १८ जनाको टोली आज लुक्ला जाने भएको छ। भदौ ३१ गते नेपाल आएको टोली होटल क्वारेन्टिनका लागि गोकर्ण फरेस्ट रिसोर्टमा बसेको थियो। असोज ५ गते सोमबार कोरोना जाँच गराएको टोली मंगलबार रिपोर्ट नेगेटिभ आएपछि…

[ Sep 23, 2020 ] राष्ट्रिय सम्मानसहित आङरिता शेर्पाको अन्त्येष्टि

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो । उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार…

[ Sep 23, 2020 ] बंगलादेशबाट ५० हजार टन युरिया कात्तिकमा भित्रने, ८ महिनामा पैँचो तिर्नुपर्ने

नेपाल सरकारले बंगलादेशबाट सापटीमा ५० हजार टन युरिया मल ल्याउने पक्का भएको छ । बंगलादेशले ५० हजार टन युरिया पैँचोमा दिन लिखित पत्राचार गरिसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । ‘बंगलादेशले चितगाउँ बन्दरगाहबाट ५० हजार टन युरिया…

[ Sep 22, 2020 ] एयरलाइन्सको टुर प्याकेजदेखि ट्राभल एजेन्सी र होटल व्यवसायी ‘त्रसित’

काठमाडौं । शुक्रबार निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरले ‘होलिडे’ नामको टुर प्याकेज सार्वजनिक गर्यो । सो प्याकेजमा नेपालका प्रमुख गन्तव्यहरु पोखरा र चितवनको सौराहाका लागि हवाई टिकट, होटल पिक एण्ड ड्रपदेखि होटलको सबै खर्चहरु समेत समावेश गरिएको छ । त्योभन्दा अझै एक…

[ Sep 16, 2020 ] हिमाल चढ्न आएका बहराइनका राजकुमार काठमाडौंमा

काठमाडौं । बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट…

[ Sep 08, 2020 ] अर्घाखाँचीमा गाई–भैंसीलाई पनि सुत्केरी भत्ता !

बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसी सुत्केरी हुँदा पशुधनी किसानलाई भत्ता दिने नीति लिएको छ । सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिने भएको हो ।

[ Sep 07, 2020 ] पर्यटन व्यवसायी भन्छन्ः हिमाल आरोहण राजकुमारलाई मात्रै किन ? सबैका लागि खुल्ला गरौँ

पर्यटन व्यवसायीहरुले हिमाल आरोहणको लागि राजकुमार मात्रै नभई सबैलाई खुल्ला गर्नुपर्ने बताएका छन्। व्यवसायीहरुले सरकारले बनाएका मापदण्ड पालना गरी जोसुकैलाई पनि हिमाल आरोहण गर्न दिनुपर्ने बताएका हुन्। मन्त्रिपरिषदले बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहण गर्नका चार्टर्ड उडानमार्फत नेपाल आउन अनुमति दिएको छ।…

[ Sep 06, 2020 ] लगातारको लकडाउनले ठूला होटल निराश, अर्बौंको लगानी जोखिममा

कोरोना महामारी नियन्त्रणका लागि भन्दै संसारभर जारी गरिएको लकडाउन खुकुलो हुँदै गए पनि नेपालमा भने छ महिनासम्म जारी हुँदा अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन्। लकडाउनका कारण पुगेको क्षतिलाई न्यूनीकरण गर्न कुनै पनि राहत नदिएको र अर्कोतिर बन्दमात्र गर्दै जाँदा…