[ May 31, 2023 ] ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् । …
[ May 28, 2023 ] नेपालमा करिअर नदेखेपछि नर्सहरू विदेशतिर
काठमाडौं । सानै हुँदा स्कुलमा सर/मिसले ठूलो भएर के बन्ने सपना छ भनेर सोध्ने प्रश्नमा प्रतिमा निरौलाको जवाफ हुन्थ्यो– नर्स ! बाटोमा सेतो कोटमा सजिएका नर्स देख्दा उनी मनमनै सोच्थिन्, ‘म पनि नर्स बन्न सके देशकै सेवा गर्थें !’ सामान्य घरपरिवारमा जन्मिएकी प्रतिमालाई नर्सिङ पढाउन निरौला परिवारको बलबुताले…
[ May 22, 2023 ] १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने सरकारको तयारी, विज्ञ भन्छन्- चुनौतीपूर्ण
शुक्रबार सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सामुदायिक अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन गर्ने बताएको छ। सामुदायिक अस्पतालमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चितका साथै बहिरङ्ग सेवा…
[ May 06, 2023 ] कोभिड-१९ को 'विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त' भएको डब्लूएचओको घोषणा
काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ को 'विश्वव्यापी स्वास्थ्य संकटकाल' समाप्त भएको घोषणा गरेको छ । डब्लूएचओले तीन वर्षअघि कोभिड-१९ लाई 'विश्वव्यापी स्वास्थ्य संकटकाल' घोषणा गरेको थियो । डब्लूएचओले जनवरी ३०, २०२० मा चीनको वुहानबाट फैलिएको कोरोना…
[ Apr 29, 2023 ] राजा वीरेन्द्र बसेयता ३४ वर्षदेखि प्रयोगविहीन छ वीरको भीभीआईपी कक्ष
देशकै जेठो वीर अस्पतालस्थित सुविधासम्पन्न विशिष्ट उपचार कक्ष ३५ वर्षदेखि कोही भीभीआईपीहरु पुगेका छैनन्। २०३५ सालमा भीभीआईपी र भीआईपी कक्ष सञ्चालन ल्याइएको थियो। २०४५ सालमा भीभीआईपी क्याबिनमा तत्कालीन राजा वीरेन्द्र शाह भर्ना भएका थिए। त्यसयता प्रधानमन्त्री र राष्ट्रपतिसहितका कोही विशिष्ट त्यहाँ व्यक्ति…
[ Apr 28, 2023 ] स्वास्थ्य बिमा छ, औषधि छैन
इलाम : सूर्योदय नगरपालिकाको फिक्कल अस्पतालमा बिहीबार बिरामीको घुइँचो थियो। त्यहाँ स्वास्थ्य बिमाको सेवा लिने मात्रै दुई सय हाराहारीमा थिए। एक जना डाक्टर र अहेवको भरमा चलेको अस्पतालमा सधैं १ सय ५० को हाराहारीले सेवा लिने गरेको अस्पताल प्रशासनको रेकर्डले देखाउँछ। पश्चिम इलामको देउमाई नगरपालिकामा रहेको मंगलबारे प्राथमिक…
[ Apr 27, 2023 ] उपचार गर्न विशिष्टहरु विदेशतिर, वीरको भीभीआईपी कक्ष प्रयोगविहीन
काठमाडौं । देशकै जेठो वीर अस्पतालको दक्षिणतर्फको भवनको दोस्रो तलामा उक्लनेबित्तिकै दाहिनेतर्फ ‘भीआइपी/भीभीआईपी क्याबिन’ पुगिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत संवैधानिक अंगका प्रमुखलाई उपलब्ध हुने भीभीआईपी क्याबिनमा बेड साइड मनिटर, सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन, भेन्टिलेटर, सिटी स्क्यान, एमआरआई,…
[ Apr 18, 2023 ] ४० लाख कोभिड खोप खेर जाँदै
काठमाडौँ — कोभिडविरुद्धको खोप सिनोभ्याक–कोरोनाभ्याक प्रयोगमा नआउने देखिएको छ । चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल भित्रिएको थियो । सरकारले चीनबाट खोप ल्याउन विशेष विमान नै पठाएको थियो ।
[ Apr 09, 2023 ] ‘किन्नै नसक्ने गरी सुर्तीजन्य पदार्थमा कर लगाऔं’
काठमाडौं : सरोकारवालाले सुर्तीजन्य पदार्थमा नेपालले लगाउने करको दर अत्यधिक मात्राले बढाउनुपर्ने माग गरेका छन्। अन्नपूर्ण मिडिया नेटवर्कले शुक्रबार आयोजना गरेको ‘नो टोबाको ड्राइभ’ अभियानअन्तर्गत आगामी आर्थिक वर्षको बजेटलक्षित ‘टोबाको सिम्पोजियम’का सहभागीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर निकै कम भएको भन्दै यस्तो सुझाव दिएका हुन्।
[ Apr 09, 2023 ] ट्रमामा एम्बुलेन्स खरिदमा अनियमितताको आशंका
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय ट्रमा सेन्टरले एम्बुलेन्स खरिदमा अनियमितता गरेको आशंकामा कागजात झिकाई छानबिन थालेको छ । ट्रमामा एचडी माइक्रोस्कोप, एम्बुलेन्सलगायत खरिदमा करोडौं रुपैयाँ अनियमितता भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेर २०७९ पुसमा अख्तियार, प्रधानमन्त्रीको कार्यालय, सम्पत्ति शुद्धीकरण विभागलगायतमा उजुरी परेको थियो ।…
[ Mar 14, 2023 ] प्रधानमन्त्री निवासमा अचेत पल्टिरहेकी सीता
सीता दाहाल ओछ्यानमा अर्धचेत अवस्थामा पल्टिरहेकी छन्। उनको उपचारमा कुनै कमी हुन दिइएको छैन। प्रधानमन्त्री निवास बालुवाटारको एक कोठामा उनलाई राखिएको छ। एक जना नर्सले उनको हेरचाह गरिरहेकी छन्। तर, अवस्था सुधार हुनुको साटो सीताको शरीर झनझन् कमजोर हुँदै गएको छ।
[ Mar 09, 2023 ] पेटबाट रक्सीको बोतल निकालियो
चितवन । पुरानो मेडिकल कलेज भरतपुरले पेटभित्र रक्सीको बोतल पसेको अवस्थामा आएका बिरामीको सफल शल्यक्रिया गरेको छ। रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय युवकको मलद्वारबाट रक्सीको बोतल पेटमा छिरेको थियो। बोतल छिरेपछि स्थानीय मेडिकलमा उपचार गर्दा…
[ Mar 06, 2023 ] तरकारीमा विषादी परीक्षण : भान्छामा पुगेपछि आउँछ रिपोर्ट
काठमाडौँ, फागुन २२ गते । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो ।