Follow us: Youtube Android App
सूचना-प्रविधि

[ Jan 29, 2023 ] सुरक्षाविहीन सरकारी वेबसाइट

काठमाडौँ — सिंहदरबारभित्र रहेको एकीकृत डेटा सेन्टर (जीआईडीसी) अन्तर्गत सञ्चालन हुने ४ हजारभन्दा धेरै सरकारी वेबसाइट शनिबार दिउँसोदेखि साँझसम्म पटक–पटक ठप्प भए । शनिबार भएकाले भारी ‘ट्राफिक’ पनि थिएन, तर सर्भर डाउन हुँदा अध्यागमन विभागजस्ता संवेदनशील सेवा अवरुद्ध भए, सेवाग्राहीहरूले चर्को सास्ती बेहोर्नुपर्‍यो । तर, यो समस्या नेपालका…

[ Jan 15, 2023 ] स्मार्ट टेलिकमले दिएन लाइसेन्स नवीकरणको निवेदन, थपियो ३ अर्ब जरिवाना

काठमाडौं । देशकाे तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले आफ्नो लाइसेन्स नवीकरणका लागि निर्धारित समयसीमा भित्र आवेदन नदिएको पाइएको छ । आउँदो चैत मसान्तमा लाइसेन्सको म्याद सकिने अवस्थामा रहेको कम्पनीले तीन महिना अगावै अर्थात् पुस मसान्तभित्र नियामक समक्ष नवीकरणको निवेदन दिनुपर्ने थियो ।

[ Jan 15, 2023 ] जहाज दुर्घटनास्थलमा ‘फोटो सेसन’!

काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। पोखराको घारीपाटन नजिकै सेती नदीको खोँचमा एएनसी एटीआर–७२ जहाज दुर्घटनामा परेसँगै केही स्थानीय उद्दारको लागि दौडिए,केहीले सामाजिक सञ्जालमा जल्दै गरेको जहाजको भिडियो पोष्ट गरे। तस्वीरहरु सामाजिक संजालभर छ्यापछ्याप्ती भए। यहाँसम्म त ठीकै थियो। तर,…

[ Jan 02, 2023 ] पोल भाडालाई लिएर प्राधिकरण र इन्टरनेट व्यवसायीबीच बल्झियो ‘झगडा’

नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीचको ‘झगडा’ फेरि बल्झिएको छ। इन्टरनेट सेवा प्रदायकले तार टाँगेबापत भाडा नतिरेको भन्दै प्राधिकरणले तार काटेको भन्दै पुनः विरोध सुरु भएको हो। विद्युत् प्राधिकरणले ७०० प्रतिशतसम्म पोल भाडा बढाएको इन्टरनेट…

[ Dec 27, 2022 ] उपहारको फोनमा भन्सार अनिवार्य, दुईभन्दा बढी ल्याए जफत

काठमाडौं । तपाईं विदेशबाट फर्किंदा साथीभाइ र आफन्तका लागि उपहार स्वरुप मोबाइल ल्याउँदै हुनुहुन्छ ? आफूले प्रयोग गरिरहेको वा गर्न तयार राखेको एउटाबाहेक अर्को मोबाइल ल्याउँदै हुनुहन्छ भने १५ पुसदेखि तपाईंले भन्सार तिरेर मात्रै विमानस्थल भन्सार जाँचपास गर्न पाउनुहुनेछ । अझ २ भन्दा बढी मोबाइल ल्याउनु भयो भने…

[ Dec 25, 2022 ] बादल झप्प, टावर ठप्प

जुम्ला । कर्णालीमा एक दशकमा सबै भन्दा बढी परिवर्तन भएको क्षेत्र सडक र सञ्चार हुन् । कर्णाली घुमेर फर्कनेहरु सञ्चार र सडकमा भएको तीव्र विकासले सुने जस्तो विकट नभएको महसुस गर्छन । यद्यपी कर्णालीका मुख्य बजारमा सबै सुविधाले छोएपनि दुर्गम गाउँबस्तीमा विकास निम्न श्रेणीमै छ । अहिले पनि…

[ Dec 25, 2022 ] ‘अवैध’ मोबाइल नचल्ने

काठमाडौँ, पुस १० गते । भन्सार प्रणाली छलेर भित्र्याइएका मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित स्थापना गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आउँदो शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।  यसअघि असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको हो…

[ Dec 11, 2022 ] निःशुल्क मोबाइल र सिमको दुरुपयोग

काठमाडौँ, मङ्सिर २५ गते । त्रिभुवन विश्वविद्यालयले आफूमातहतका जिम्मेवार निकायका पदाधिकारी तथा व्यक्तिलाई यसअघि निःशुल्क दिएको मोबाइल सेट र सिमकार्डको दुरुपयोग भएको छ। दुरुपयोग बढेसँगै विश्वविद्यालयले अबदेखि कुनै पनि पदाधिकारी तथा व्यक्तिलाई यस्तो सुविधा नदिने निर्णय गरेको छ। विश्वविद्यालयको…

[ Nov 22, 2022 ] सामाजिक सञ्जालमा चुनावी विज्ञापन गर्न उम्मेदवारले खर्चिए दुई करोड

काठमाडौँ — हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जाल फेसबुकमा डलर खर्चिएर गरेका विज्ञापन चर्चाका विषय बने । फेसबुकमा कसले कति डलर खर्चिएर कन्टेन्ट बुस्ट गर्‍यो भनेर निकै लेखाजोखा भयो । तर, चुनावसम्बन्धी खर्च त्यति मात्र नभई सोसल मिडिया टिम बनाउन, कन्टेन्ट क्रिएसन गर्न,…

[ Nov 13, 2022 ] अव्यवस्थित तार हटाउने काम शुरु, यी ठाउँमा केही समय इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले  पुनः अव्यवस्थित तार हटाउन थाल्ने भएका छन् । निजी इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सिंहदरबार वरपरका क्षेत्रबाट अव्यवस्थित तार हटाउन लागेको जानकारी दिएको छ । …

[ Nov 13, 2022 ] ट्वीटरले खारेज गर्‍यो ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम

ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ । अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो…

[ Nov 13, 2022 ] विवादमा आयोगका ‘सोसल मिडिया कन्टेन्ट’

काठमाडौँ — निर्वाचन आयोगले केही समयअघि निर्वाचनबारे जनचेतनामूलक एउटा म्युजिक भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो सार्वजनिक हुनेबित्तिकै गायन, नृत्य र सन्देश तीनै पक्षलाई लिएर सामाजिक सञ्जालमा हँस्यौली भयो । भोलिपल्टै आयोगले उक्त म्युजिक भिडियो हटाएको जानकारी त दियो । तर, उक्त गीत आयोगकै आयुक्तद्वारा गाइएको, स्टोर–किपरले…

[ Oct 28, 2022 ] एलन मस्क बने ट्वीटरको मालिक, सीईओ अग्रवालसहित कर्मचारी बाहिरिए

काठमाडौं । एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ । बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल…