Follow us: Youtube Android App
सञ्‍चार-पत्रकारीता

[ Feb 06, 2023 ] प्रेसविरोधी अभिव्यक्तिको चौतर्फी आलोचना

काठमाडौँ — सरकार छाड्ने निर्णय गरेपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लक्षित गर्दै दिएका अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सञ्चारसम्बद्ध पेसागत संघसंस्था, संविधानविद्, कानुन व्यवसायी, नागरिक समाजका अगुवा र राजनीतिकर्मीले लामिछानेले पदमुक्त हुँदाको आक्रोश मिडियामाथि पोखेको बताएका छन्…

[ Nov 13, 2022 ] विवादमा आयोगका ‘सोसल मिडिया कन्टेन्ट’

काठमाडौँ — निर्वाचन आयोगले केही समयअघि निर्वाचनबारे जनचेतनामूलक एउटा म्युजिक भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो सार्वजनिक हुनेबित्तिकै गायन, नृत्य र सन्देश तीनै पक्षलाई लिएर सामाजिक सञ्जालमा हँस्यौली भयो । भोलिपल्टै आयोगले उक्त म्युजिक भिडियो हटाएको जानकारी त दियो । तर, उक्त गीत आयोगकै आयुक्तद्वारा गाइएको, स्टोर–किपरले…

[ Nov 07, 2022 ] समाचार हटाउने निर्देशनबाट आयोग पछि हट्यो, काउन्सिलले सेतोपाटीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ — निर्वाचन आयोगले समाचार हटाउनका लागि सेतोपाटी अनलाईनलाई दिएको निर्देशन फिर्ता लिएको छ । प्रमुख निर्वचन आयुक्त दिनेश थपलिया काठमाडौ बाहिर रहेका बेला आयुक्त रामप्रसाद भण्डारीले क्षेत्राधिकार बाहिर गएर झापा-१ का एमाले उम्मेवार अग्नि खरेलका छोराबारे लेखिएको समाचार हटाउन निर्देशन दिएका थिए ।

[ Sep 25, 2022 ] पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग

काठमाडौं, असोज ८ गते। समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका  सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ। उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानलाई तत्काल नियमित पारिश्रमिक,…

[ May 29, 2022 ] अनलाइन मिडियाले लोककल्याणकारी विज्ञापन पाउने

श्रमजीवी पत्रकारलाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिइएको छ । अनलाइन मिडियाले लोककल्याणकारी विज्ञापन पाउनेछन् । गृहणीलाई उद्यमी गृहणी कार्यक्रम सञ्चालन गरिनेछ, एक घर परिवार एक रोजगारीको अवधारणा अगाडि बढाइनेछ । पूर्वाधार विकासका लागि आवश्यक पर्ने निर्माण सामग्रीको दोहनलाई रोकेर तहगत…

[ May 03, 2022 ] सञ्चारसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन हुँदैछ : मन्त्री कार्की

काठमाडौँ, वैशाख १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित नीति तथा कानून समयसापेक्ष निर्माण तथा परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७९ को अवसरमा सञ्चार मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले…

[ Apr 23, 2022 ] निर्वाचन र स्थानीय मिडिया

नेपालका मिडियाले स्थानीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेको करिब सात दशकको इतिहास छ । स्थानीय निर्वाचनबारे समाचार प्रकाशित गरेको इतिहास त त्योभन्दा पनि पुरानो छ । नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ जेठ ३ गते राजधानीमा ‘काठमाडौँ म्युनिसिपालिटी’ को निर्वाचनसँगै प्रारम्भ भएको मानिन्छ । यसरी नेपालमा निर्वाचनको इतिहास स्थानीय…

[ Apr 06, 2022 ] पत्रकार महासंघले भन्याे : संवेदनशील स्थानमा जबरजस्ती पस्नु पत्रकारिताकाे मर्यादाविपरित

काठमाडौं । भर्खरै मात्र प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार ऋषी धमालाले प्रत्यक्ष प्रसारण गर्दै गर्दा हवाइजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघले मंगलबार उक्त घटनाबारे एक विज्ञप्ती जारी गर्दै महासंघ पत्रकार समाचार संकलनका…

[ Mar 13, 2022 ] प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत, हिरामान लामा महासचिव

प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेत चुनिएका छन्। पोखरामा आयोजित ९औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। बस्नेत यसअघि पनि प्रेस चौतारीको अध्यक्ष थिए। उपाध्यक्षहरूमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर…

[ Mar 06, 2022 ] 'युट्युब च्यानल' पनि अब दर्ता हुनुपर्ने

काठमाडौँ — सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो ।

[ Feb 19, 2022 ] सडक विस्तारका क्रममा वातावरण विनास गर्नेमाथि कारबाही गर्न माग

काठमाडौं । पछिल्ला दिनमा विभिन्न विकास आयोजनामा वातावरणीय पक्षलाई नजरअन्दाज गरिएको घटनाप्रति नेपाल वातावरण पत्रकार समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरा खण्डको सडक विस्तारका क्रममा माघ २५ गते तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाको कोत्रेमा लोपोन्मुख खैरो गिद्धको गुँड भएको सिमलको रुख विनास…

[ Feb 15, 2022 ] न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुने, पत्रकार महासंघको आपत्ति

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले पत्रकारहरूको पारिश्रमिक निर्धारण गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने भएको छ । गत १६ मंसिरमा मुख्य सचिव शंकर बैरागीको अध्यक्षतामा बसेको बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको पारिश्रमिक निर्धारण समितिलाई पत्र पठाएर खारेज गर्न निर्देशन दिएको…

[ Feb 05, 2022 ] विवादै विवादमा पत्रकार महासंघ, निकासका लागि विशेष अधिवेशन नै विकल्प

पत्रकार महासंघको इतिहासमा नै बिरलै भएको केन्द्रीय समितिको बैठक अधिकांश केन्द्रीय सदस्यहरुले बहिष्कार गरे । महासंघ नै आयोजक भएको अवार्ड श्रमजीवीहरुले नै बहिष्कार गरे । पत्रकार महासंघ चरम आर्थिक हिनामिनामा परेको सार्वजनिक भयो । यी सम्पूर्ण बिषयमा समाधान खोज्न पूर्वअध्यक्षहरुको समिति नै बनाउनुपर्ने बाध्यता आइलाग्यो ।