[ Jun 03, 2023 ] साउदीमा २२ वर्ष जेलपछि मृत्युदण्ड
साहुका भेडा लुट्न आएका साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्या अभियोगमा २०५८ मा मृत्युदण्डको फैसला सुनाइएपछि सन्तबहादुर जेलमा थिए । उनीमाथिको सजाय रोयल कोर्टले समेत अनुमोदन गरेपछि गत बिहीबार फैसला कार्यान्वयन गरिएको हो ।
[ Jun 03, 2023 ] ओडिशा रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते
काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको छ ।
[ Jun 02, 2023 ] पाँच महिनामै ८ हजार कामदार कोरिया
काठमाडौँ — नेपालीको सबैभन्दा आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाले आफ्नो श्रम बजारमा जनशक्ति अभावलाई परिपूर्ति गर्न नेपाललाई थप कोटा बढाउँदै लगेको छ । त्यसका लागि चाहिने जनशक्ति उत्पादन गर्नसमेत नेपालसँग सहकार्यको प्रस्ताव अगाडि बढाएको छ । रोजगार अनुमति…
[ Jun 02, 2023 ] बिग्रिन लागेको माहोल सम्हाल्दै नेपाल भारतबीच ७ सम्झौता
नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुधबार साँझ भनेका थिए, ‘भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर गर्दैछु ।’ यथार्थमा उनी त्यस बेलासम्म कुनै महत्वपूर्ण सम्झौताको टुंगो लगाउनेमा पुगिसकेका थिएनन् ।
[ Jun 01, 2023 ] प्रधानमन्त्रीको दिल्ली भ्रमण सद्भावनामै सीमित हुने सम्भावना
नयाँदिल्ली — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सद्भावना यात्रामा मात्र सीमित हुने सम्भावना देखिएको छ । नेपालले राखेका मुख्य तीन विषयमा भारत अनुदार देखिएको भन्दै प्रधानमन्त्री दाहालले आफ्नो प्रतिनिधिमण्डललाई पनि पर्खेर मात्र अघि बढ्न निर्देशन दिएका छन् ।
[ May 31, 2023 ] प्रधानमन्त्री दाहाल आज भारत जाँदै
नयाँदिल्ली‚ काठमाडौँ — सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत यात्रामा निस्कँदै छन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै…
[ May 28, 2023 ] नेपालमा करिअर नदेखेपछि नर्सहरू विदेशतिर
काठमाडौं । सानै हुँदा स्कुलमा सर/मिसले ठूलो भएर के बन्ने सपना छ भनेर सोध्ने प्रश्नमा प्रतिमा निरौलाको जवाफ हुन्थ्यो– नर्स ! बाटोमा सेतो कोटमा सजिएका नर्स देख्दा उनी मनमनै सोच्थिन्, ‘म पनि नर्स बन्न सके देशकै सेवा गर्थें !’ सामान्य घरपरिवारमा जन्मिएकी प्रतिमालाई नर्सिङ पढाउन निरौला परिवारको बलबुताले…
[ May 26, 2023 ] प्रविधि क्षेत्रमा एकअर्कालाइ प्रतिबन्ध लगाउँदै चीन-अमेरिका, एआईमा कसको रहला अग्रता ?
काठमाडौं । चीन र अमेरिकाबीच अहिले प्रविधिलाई लिएर तनाव जारी छ । प्राविधिक सामग्रीमा प्रयोग हुने उच्च गुणस्तरका चिप्सदेखि सेमिकण्डकटर चीन निर्यातमा अमेरिका आफूले मात्रै प्रतिबन्ध लगाएको छैन, उसको सहयोगी राष्ट्रहरूलाई समेत चीनमा चिप्स तथा सेमिकण्डक्टर निर्यात नगर्न भनेको छ ।
[ May 23, 2023 ] भारतलाई चुरेको ढुंगा गिट्टी बालुवा बेच्न राष्ट्रिय सहमति
काठमाडौं । घोषणाअनुसार काम भए अबको एक वर्षभित्र नेपाल सरकारले भारतमा ढुंगा गिट्टी बालुवाको निकासीका लागि बजार खोज्ने छ । र, भारतका सीमावर्ती क्षेत्रका सडक, रेल, विमानस्थलसहित विभिन्न निर्माणाधीन ठूला परियोजनाका लागि नेपालका नदी र पहाडबाट ढुंगा, गिट्टी र बालुवा निजी कम्पनीहरुमार्फत निकालेर दैनिक सयौं गाडी भारततर्फ निकासी…
[ May 22, 2023 ] मोदीसँग पूर्वराजाको ‘गोप्य’ भेट, विशेष विमानबाट दिल्ली लगिए
काठमाडौं। वैशाख २२ गते सुरक्षाकर्मीसमेत नलिइ भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह लखनउबाट विशेष विमानबाट दिल्ली पुगेको खुलेको छ। त्यहाँ उनले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग एक घण्टा छलफल गरेका थिए। पूर्वराजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग…
[ May 22, 2023 ] 'अचेल हामी महिनामा एक पटक मात्र मासु खान्छौँ'
आर्जेन्टिनामा एप्रिल महिनाको आँकडामा वार्षिक मुद्रास्फीति दर १०९ प्रतिशत पुगेको थियो। त्यसको अर्थ सो ल्याटिन अमेरिकी देशमा दशौँ लाख मानिसहरू आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सक्दैनन् भन्ने हो। बीबीसीले केही त्यस्ता आर्जेन्टिनीहरूलाई भेटेको छ जो अवस्था अझ कतिसम्म खराब हुनसक्ला भनेर घोत्लिरहेका छन्।
[ May 22, 2023 ] त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन सांसदको माग
काठमाडौं : एमाले सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका भारतीय सुरक्षाकर्मीलाई हटाउन माग गरेका छन्। आइतबार संसद्मा बोल्दै उनले विमानस्थलमा रहेका भारतीय सुरक्षाकर्मीलाई हटाउन पहल गर्नुपर्ने माग गरेका हुन्। नेपाली भूमिमा भारतले सुरक्षाकर्मी राखेर हवाई यात्रुको खानतलासी…
[ May 18, 2023 ] देशको माया कति लाग्छ सक्कली शरणार्थीलाई सोधौं
झापा : झापाको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन्। कोही दर्ता भएर पनि छानबिन गर्नुपर्ने सूचीमा परेर तेस्रो देश पुनर्वास प्रकृयामा छुटेका हुन् भने कोही दर्ता नै नभएर यहीँ अडिए। अहिले नक्कली शरणार्थी बनाएर अमेरिकालगायतका देशका मुलुककै ठूला नेताले पठाएको प्रकरण…