Follow us: Youtube Android App
बैङ्किङ-शेयर

[ Jan 05, 2023 ] सीमाभन्दा धेरै लिइएको ऋण फिर्ता गर्न २ वर्ष म्याद

काठमाडौँ — कार्यान्वयनमा आएको ४ महिनामै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । संशोधित मार्गदर्शनमा तोकिएको सीमाभन्दा बढी ऋण लिएका ऋणीलाई किस्ताबन्दी रुपमा चुक्ता गर्न २ वर्ष (०८२ असार) थप समय दिइएको छ । उद्योगी व्यवसायीको…

[ Dec 29, 2022 ] नियमविपरीत बढाएको ब्याज कुन बैंकले कति फिर्ता गर्दै ?

काठमाडौँ — वाणिज्य बैंकहरूले नियमविपरीत ब्याज बढाई असुलेको रकम यही पुस महिनाभित्र ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सञ्चालनमा रहेका २५ वटै वाणिज्य बैंकलाई प्रिमियम बढाएर ऋणीबाट नियमविपरीत असुलेको कुल ४ अर्ब ६६ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो ।

[ Dec 13, 2022 ] आत्तिएको निजी क्षेत्र, ढुक्क राष्ट्र बैंक

काठमाडौं । बजारमा वस्तु तथा सेवाको माग घटेपछि कारोबारमा आएको संकुचनले निजी क्षेत्र अत्ताल्लिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो समीक्षाले पनि ब्याजदर बढाएर आयात र मूल्यवृद्धि नियन्त्रण गर्ने र अनुत्पादक क्षेत्रमा हुने लगानी घटाउन चालु पूँजी मार्गदर्शन लागु गरी छाड्ने नीति लिएपछि उनीहरु…

[ Dec 06, 2022 ] ५ प्रतिशतले घट्यो सेयर कर्जा

काठमाडौँ — गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता घटेका छन् । तरलता अभावले बैंकको कर्जा प्रवाह क्षमता घटेको, ब्याजदर बढेको, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारणले सेयर कर्जा घटेसँगै ऋण लिएर सेयरमा लगानी गर्ने…

[ Dec 05, 2022 ] सच्चा सहकारी कहिल्यै डुब्दैनन्

सहकारी यस्तो अवधारणा हो, जहाँ कोही मालिक हुँदैन। कोही लगानीकर्ता र कोही ऋणी वा बचतकर्तामात्रै पनि हुँदैन। यो त एउटै हैसियत र उद्देश्य भएकाहरूले मिलेर सामूहिक हितमा मिलीजुली काम गर्ने अवधारणा हो। तर, नेपालमा भएका ३०औं हजार सहकारीमध्ये कतिमा यो अवधारणा आत्मसात् भएको होला ? यकिनका साथ भन्न सकिन्छ–…

[ Nov 30, 2022 ] सहकारीको छुट्टै कर्जा असुली न्यायाधिकरण गठन तयारी

काठमाडौं । सहकारी अभियानको पटकपटकको दबाबपछि छुट्टै कर्जा असूली न्यायाधिकरण गठन तयारी थालनी भएको छ । सहकारी ऐन २०७४ को दफा ८२ मा ‘कर्जा असुली न्याधिकरण गठन’ प्रावधान रहे पनि ‘कार्यान्वयनमा ढिलो भएको’ भन्दै अभियानले दबाब दिँदै आएको छ । …

[ Nov 28, 2022 ] अर्थतन्त्र दबाबमै रहेको राष्ट्र बैंकको सन्देश

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८०को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अधिकांश नीतिलाई निरन्तरता दिएर राष्ट्र बैंकले अर्थतन्त्रको दबाबमै रहेको सन्देश  दिएको  छ। तर, केन्द्रीय बैंकले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियोमा केही लचक बन्ने भएको छ ।

[ Nov 09, 2022 ] २७ करोडको हिसाब छैन, नमस्ते सहकारी कारबाहीको दायरामा

बर्दिया — गुलरिया नगरपालिका—६ नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडबाट सेवाग्राहीको रकम हिनामिना भएको भन्दै लुम्बिनी सहकारी बोर्डले कारबाही प्रक्रिया अघि बढाएको छ । उक्त संस्थाका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक संजिव कुमार महतो करिब दूई सातादेखि सम्पर्कविहीन छन् । …

[ Nov 08, 2022 ] बैंकको ब्याज बढ्यो, सहकारी संकटमा

काठमाडौं : वाणिज्य बैंक र विकास बैंकले गत कात्तिकदेखि ह्वात्तै ब्याजदर बढाए। कर्जामा १८ प्रतिशतसम्म ब्याज लिन थाले। त्यसको प्रत्यक्ष मारमा परे, सहकारी। सहकारीले भने जम्मा १६ प्रतिशतको सीमाभित्र रहेर कर्जा प्रवाह गर्नुपर्छ। त्यसैकारण सहकारीमा निक्षेप बैंकतिर जान थाल्यो। सञ्चालकहरू सहकारी संकटमा पर्न थालेको बताउँछन्।

[ Nov 01, 2022 ] नियमविपरीत बढाएको ३ अर्ब ब्याज फिर्ता गर्दै बैंक

काठमाडौँ — नियमविपरीत बढाएको करिब ३ अर्ब रुपैयाँ बराबरको ब्याज बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ऋणीलाई फिर्ता गर्ने भएका छन् । सुरुमा बैंक र ऋणीबीच सम्झौता गरेर ऋण प्रवाह गरेपछि कर्जाको अवधिभर (परिपक्वको अवधि) प्रिमियम (आधार दरमा थप गर्ने ब्याजदर) बढाउन नपाइने राष्ट्र बैंकको निर्देशन छ । उक्त…

[ Oct 25, 2022 ] प्रोभिजन बढ्दा बैंकको नाफामा धक्का, निष्कृय कर्जाको जोखिमले त्रास

काठमाडौं । वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्, जसमा एक दर्जन बैंकहरुको नाफा आर्थिक वर्ष २०७८/७९ को तुलनामा घटेको छ । औसतमा भने ५.८८ प्रतिशतले वृद्धि भएको छ । गत…

[ Oct 21, 2022 ] ब्याजदरबारे व्यवसायी र बैंकबीच घम्साघम्सी

काठमाडौं । शुक्रबार भैरहवाका उद्योगी-व्यवसायी नेपाल राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण मारमा परेको भन्दै कालोपट्टीसहित सडकमा  प्रदर्शनमा उत्रिए । रुपन्देही उद्योग वाणिज्य संघकै अगुवाइमा व्यवसायीले राष्ट्र बैंकको भैरहवा कार्यालयमा ब्याजदर वृद्धिको विरोधमा ज्ञापनपत्र समेत बुझाए । यस्तो प्रदर्शन केही दिनदेखि जिल्ला-जिल्लामा भइरहेका छन् ।

[ Oct 18, 2022 ] ब्याज बढेसँगै आक्रोशित व्यवसायीले रोक्नथाले बैंकको ऋण भुक्तानी

पछिल्लो समय बैंकको ब्याजदर वृद्धि भएको छ। बैंकबाट लिने तथा लिइएको कर्जाको ब्याजदर उच्च मात्रामा बढेको छ।    चालू आर्थिक वर्षको पहिलो त्रैमासिक सकिँदासम्म बैंकको आधार दर (बेसरेट) वृद्धि भएपछि समग्र बैंकको ब्याजदरको आकार बढेको छ। असोज महिनाकै हाराहरीमा निक्षेपको दर बैंकहरुले…