Follow us: Youtube Android App
विकास-निर्माण

[ Mar 24, 2024 ] रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ । बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका…

[ Feb 11, 2024 ] भित्र पहिरो जाँदा ५० दिनदेखि हुन सकेन सुनकोशी मरिन डाइभर्सनको सुरूङ निर्माण

राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको सुरूङ निर्माणको काम ५० दिनदेखि ठप्प छ। कमजोर भौगर्भिक अवस्थाका कारण समस्या देखिँदा काम अघि बढाउन नसकिएको आयोजनाका निर्देशक मित्र बरालले बताए। सुरूङ अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिबाट…

[ Jan 27, 2024 ] नेपाली उत्पादनको बजार व्यवस्थापन गर्न जरुरी : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट बजार व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले हामी सबै मिलेर नेपाली उत्पादनको बजार व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।…

[ Jan 25, 2024 ] सिक्टा सिँचाइ आयोजनामा २० अर्ब सकियो, भौतिक प्रगति ४० प्रतिशत मात्रै

काठमाडौं । बाँके जिल्लामा ८ वटा पालिकामा ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ पुर्‍याउने लक्ष्यसहित २०६२ मा सुरु भएको सिक्टा सिँचाइ आयोजनाले १८ वर्ष पुगिसक्दा पनि लक्ष्य अनुरुप प्रगति हासिल गर्न सकेको छैन । सुरुमा अनुमानित लागत…

[ Jan 24, 2024 ] नयाँ सिमेन्ट उत्पादनको अध्ययन हुँदै, सम्भव होला?

नेपालमा अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) र पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट (पिपिसी) उत्पादन भइरहेको छ। ओपिसीको प्रयोग नेपाली बजारमा मात्रै छ भने पिपिसी २०७९ साउन महिनादेखि भारतीय बजारमा पनि बिक्री भइरहेको छ। पछिल्ला दिनहरूमा पिपिसीको माग बढ्दो क्रममा छ। भारतले…

[ Jan 24, 2024 ] एक वर्षपछि काममा फर्किए ठेकेदार

ठेक्का सम्झौता गरेको चार वर्षसम्म कालोपत्र गर्न नसकेका निर्माण व्यवसायी काममा फर्केका छन् । दुई वर्षभित्रै कालोपत्र सक्नेगरी २०७६ साल असोज २८ गते सम्झौता भएको सडक अझै कालोपत्र हुन सकेको छैन । बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने…

[ Jan 24, 2024 ] हरित हाइड्रोजन नीति : उद्योग खोले कर छुट

सरकारले हाइड्रोजनसम्बन्धी उद्योग स्थापना गर्नेलाई कर छुट दिने भएको छ। सरकारले स्वीकृत गरेको ग्रिन हाइड्रोजन नीति २०८०ले यसमा लगानी गर्नेलाई करमा छुट दिने व्यवस्था गरेको छ। माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बजारमा नयाँ इन्धनको रुपमा विकासित भइरहेको ग्रिन…

[ Jan 24, 2024 ] विकासमा वनको बाधा हटाउने प्रधानमन्त्रीको घोषणा मात्र, तयारी शून्य

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका काममा बाधा परेको भन्दै वन ऐन संशोधन गर्ने कुरा पटक पटक गर्दै आइरहेका छन् । एक वर्षदेखि प्रधानमन्त्रीले चासो दिएको यो विषयमा प्रक्रिया भने अघि बढेको छैन । वन तथा वातावरण…

[ Jan 23, 2024 ] ९९ प्रतिशत सकियो नागढुंगा सुरुङमार्गको काम, डेढ महिनामा ‘ब्रेक थ्रु’

नागढुंगा सुरुङमार्गको ९९ प्रतिशत काम सकिएको छ। नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार अब १ प्रतिशत मात्रै सुरुङ खन्न बाँकी रहेको हो। कुल २६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गमा २६ सय २२.४ मिटर खनिएको छ। अब सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन ५४.६ मिटर…

[ Jan 23, 2024 ] बूढीगण्डकी जलविद्युतमा करिब साढे ३ खर्ब लगानी उठाउन यस्तो मोडालिटी, कसको कति सेयर?

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी टुंग्याएको छ। आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने गरी मोडालिटी टुंगिएको हो। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले लगानी जुटाउने र मोडालिटी टुंग्याउने सम्बन्धमा छलफल राखेका थिए। आजको छलफल र योभन्दा अघिदेखि भएको गृहकार्यले कसले…

[ Jan 23, 2024 ] कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बनाउन जापानसँग ३१ अर्ब ऋण लिइने

काठमाडौं । सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ ऋण लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन…

[ Jan 21, 2024 ] कालीगण्डकी करिडोर : बेनी–जोमसोम-कोरला सडक अन्तिम चरणमा

म्याग्दी। गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार,…

[ Jan 20, 2024 ] राजधानीकै राजमार्गका पुल अलपत्र

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँमा पर्ने दुई राजमार्गका पुल अलपत्र परेको धेरै भयो । अझै निर्माणको सुरसार छैन । त्रिभुवन राजपथ (शून्य विन्दु त्रिपुरेश्वर रहेको एनएच–२८) अन्तर्गतको टेकु र कालीमाटीबिचको विष्णुमतीमाथिको पुल र अरनिको राजमार्ग (शून्य विन्दु माइतीघर रहेको एनएच–३४) अन्तर्गत शान्तिनगर र तीनकुनेबिचमा पर्ने बागमती नदीमाथिको पुल…