Follow us: Youtube Android App
‘अब देशमै छ रोजगारी’ अभियान शुरू
१६ साउन २०७७

अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड-१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको बिहीबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उनले आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए । कोभिड १९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीबाट फर्केका साथै श्रम बजार प्रवेश गर्ने नयाँ जनशक्तिका लागि पनि अवसर सिर्जना गर्न सबैको सहयोगको खाँचो औँल्याए ...

समाचार स्रोत :