Follow us: Youtube Android App
एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण, तीन वडा सिल गर्ने तयारी
७ बैशाख २०७८

बागलुङ । बागलुङको जनताधन माविका थप ३९ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

सङ्क्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको जानकारी दिनुभयो । शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण भएपछि आइतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठनपाठन बन्द गरेको बागलुङ नगरपालिकाका नगर शिक्षक अधिकारी डण्डापानी शर्माले जानकारी दिनुभयो ...

समाचार स्रोत :