Follow us: Youtube Android App
नेपालको गुप्त प्रतिवेदन विदेश पुर्याउने काम गर्दै एनजिओ आइएनजिओ : बिजुक्छेँ
२२ असोज २०७८

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नेपालमा सञ्चालित गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(एनजिओ÷आइएनजिओ)ले नेपालको गुप्त प्रतिवेदनहरु विदेश पुर्याउने काम गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष बिजुक्छेँले देशको सार्वभौमिकतामाथि आँच पुग्ने देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिँदै एनजिओ र आईएनजिओहरुले नेपालका शासक दलहरुलाई आफूअनुकुल प्रभावमा पारिरहेको समेत बताए।वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा क्वालिटेटिभ एण्ड क्वान्टिटेटिभ विषयमा भएको तीनदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले विकसित देशहरुले विकासको नाममा नेपाललाई दिइरहेको सहायताले देशलाई परनिर्भरतातर्फ धकेलिरहेको बताए।

सो क्रममा उनले नेपालका सांसद, बुद्धिजीवीहरुलाई समेत प्रभावमा पार्दै एमसिसी नेपालको संसदबाट अनुमोदन गर्न विभिन्न षड्यन्त्रहरु भइरहेको समेत खुलाए। कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाभित्र सञ्चालित कलेजहरुलाई अनुसन्धानको केन्द्रको रुपमा स्थापित गर्न प्रयास गरिरहेको जानकारी दिए ...

समाचार स्रोत :