Follow us: Youtube Android App
जलवायु परिवर्तनले बेमौसमी विपत्ति
३ कात्तिक २०७८

काठमाडौँ — आइतबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोले कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका मात्र ८ जना छन् । बैतडीमा ३, सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको हो । बझाङमा २४ र डोटीमा १ गरी २५ जना बेपत्ता छन् ।

नदी तथा खोलामा जलस्तर बढेर बस्ती पस्दा २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । कर्णाली नदीको तटबन्ध भत्किएर बस्ती पस्दा बर्दियामा मात्रै हजारभन्दा बढी घर डुबेका छन् ।

डोटीको सायल गाउँपालिका–६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घर पहिरोले पुर्दा उनका छोराहरू १४ वर्षीय सागर र १० वर्षीय आशिषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ...

समाचार स्रोत :