Follow us: Youtube Android App
नेपाली र अमेरिकी सेनाबीच ‘टीक नेल’ सैन्य अभ्यास आजबाट
१५ कात्तिक २०७८

काठमाडौं : नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सोमबारबाट हुँदैछ। नेपाली सेना र अमेरिकी सेनाबीच सोमबारबाट ‘टीक नेल’नामक सैन्य अभ्यास सुरु हुन लागेका हो।

विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन्। नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं र पोखरामा हुनेछ।

मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्दार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रित रहने छ। अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्दारका लागि निपूर्ण मानिन्छन्। अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्दारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन्। अभ्यास झण्डै एक महिनासम्म चल्ने छ ...

समाचार स्रोत :