Follow us: Youtube Android App
देवकोटा निवास ‘कविकुञ्ज’लाई सङ्ग्रहालय बनाउने प्रक्रिया सुरु
१८ जेठ २०७८

काठमाडौँ । काठमाडौँको डिल्लीबजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय निर्माणको प्रक्रिया सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सो सङ्ग्रहालय निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय निर्माणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘विगतमा सङ्ग्रहालय निर्माण गरेका कम्पनीहरुका लागि २१ दिनको म्याद राखी बोलपत्र आह्वान गरिएको छ । सम्पूर्ण प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षभित्रमा नै छनोट भएका कम्पनीसँग निर्माण सम्झौता गरिने छ ।’’


निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेटको समेत सहमति प्राप्त भइसकेको र अब निर्माणका लागि कुनै बाधाअड्चन नरहेको बताउँदै उहाँले आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि काम सुरु हुने बताउनुभयो । सो सङ्ग्रहालय निर्माणका लागि यसअघि नै विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।

महाकवि देवकोटाको घरलाई सरकारले खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि प्रतिष्ठानले सङ्ग्रहालय निर्माण प्रक्रिया अगाडि बढाएको कुलपति उप्रेतीले स्पष्ट पार्नुभयो ...

समाचार स्रोत :