Follow us: Youtube Android App
तलेजुबाट चोरिएका तोरन–मूर्ति फ्रान्समा लिलामीमा
२१ जेठ २०७८

काठमाडौँ l करिब ४० वर्षअघि पाटनको विश्वसम्पदा क्षेत्रको तलेजु मन्दिरबाट हराएका १२ तोरन–मूर्तिमध्ये ५ वटा हिन्दू प्रतीकका विशिष्ट मूर्तिहरु फ्रान्सको राजधानी पेरिसमा रहेको ‘बोनह्याम्ज’ कला बिक्री केन्द्रमा लिलामीमा राखेको पाइएको छ ।

पाटन दरबारको तलेजु मन्दिरको मूल ढोकामाथि तोरनमा रहेका तामामा सुनको जलप लगाइएका प्रतिकात्मक महालक्ष्मी, नृत्यनाथ, चामुन्डा, भैरव र पञ्चमुखी हनुमानका यी मूर्तिलाई प्रतिसम्पदाको बढीमा ५ हजार युरो मूल्य तोकिएको छ । १० दिनका लागि खुलाइएको सम्पदा बिक्री जेठ २७ सम्म जारी रहने ‘बोनह्याम्ज’को बिक्री अनलाइनले बताएको छ ।

सम्पदाविद् रवीद्र पुरीका अनुसार, एउटा विशिष्ट कला–सम्पदाले भरिएको प्राचीन मन्दिरको मूल ढोकामाथि रहने तोरनमा त्यस मन्दिरभित्र रहेका मूर्ति–सम्पदाको प्रतिकात्मक आकृति राख्ने चलन हुन्छ । त्यही चलनमा तलेजु मन्दिरको तोरनमा राखिएका १२ वटा मूर्ति सन् ७० को दशकमै चोरी भएका थिए । अहिले तलेजुमा चोरिएका मूर्तिहरुको प्रतिलिपि आकृति तोरनमा राखिएको छ ...

समाचार स्रोत :